काठमाडौँ। अवैध लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा नेपाल प्रहरीले आज देशका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको नागढुंगाबाट तीन, मोरङको विराटनगरबाट एक तथा कञ्चनपुरको बेलौरीबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित नागढुंगाबाट नाइट्रोजेपाम १ हजार २ सय ट्याबलेट, डाइजेपाम १३५ एम्पुल, फेनरागन १३४ एम्पुल, नुर्फिन १ सय एम्पुल र ब्राण्ड तथा जेनेरिक नाम उल्लेख नभएको १३० एम्पुल लागु औषधसहित आज बिहान तीन जना पक्राउ परेका थिए।
नागढुंगाबाट पक्राउ पर्नेमा सप्तरीको जयपुर गाउँपालिकाका ३५ वर्षे वीरेन्द्रकुमार शाह, सिरहाको लाहान नगरपालिकाका २४ वर्षे अमर यादव र लहानकै २४ वर्षे इन्द्रजित सहनी रहेका छन्। राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा लागु औषधसहित उनीहरु पक्राउ परेका थिए।
प्रहरीका अनुसार बसका सहचालक शाहले स्युचाटार बस्ने यादव र सहनीलाई दिन भनी उक्त लागुऔषध ल्याएका थिए। यादव र सहनी उक्त लागुऔषध लिन नागढुंगा नै पुगेको अवस्थामा तीन जना नै पक्राउ परेका थिए।
यसै गरी, विराटनगर महानगरपालिकाको सैनिक टोलबाट झण्डै ५० ग्राम ब्राउन सुगरसहित सुनसरीको धरान उपमहानगरपालिकाका सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।
कञ्चनपुरको बेलौरी नगरपालिकास्थ्ति दुखी टोलीबाट सुक्लाफाँटा नगरपालिकाका मनिष सुनार र धनगढी उपमहानगरपालिकाका एक किशोरलाई अटो जाँच गर्ने क्रममा ३७० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
" /> काठमाडौँ। अवैध लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा नेपाल प्रहरीले आज देशका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ।काठमाडौंको नागढुंगाबाट तीन, मोरङको विराटनगरबाट एक तथा कञ्चनपुरको बेलौरीबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

">