चन्द्रागिरिमा करेन्ट लागेर एक जनाको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। चन्द्रागिरि नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">नगरपालिकाको वडा नम्बर ३ माटिखेल बस्ने रोल्पा लिबाङ घर भएका ७० वर्षीय दल बहादुर पुनको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">घरनजिकैको खोलातर्फ जाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>