नयाँदिल्ली। भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली सहरको वायु झन-झन प्रदूषित हुँदै गएको छ। शनिबार मापन गरिएको वायु गुणस्तर सूचक (एक्वुआई) मा ३४६ देखिएकाले गुणस्तरको अवस्था न्यून हुँदै गएको पाइएको हो।
सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदूषण हुने गरेको जनाएका छन्। वायु प्रदूषणको अहिलेको अवस्थामा आगामी दुई दिन अझ बृद्धि हुने अधिकारीहरुको पूर्वानुमान छन्। यसअघि गत शुक्रबार ३६६ र बिहीबार ३०२ एक्युआई मापन गरिएको थियो।
वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ।
हरियाना, पञ्जावसहितका अन्य क्षेत्र तथा छिमेकी मुख्य ठाउँहरुमा आगोसम्बन्धी धेरै कामहरु हुने गरेकोले नयाँदिल्लीमा पनि असर गरेको अधिकारीहरुको भनाइ छ।
नयाँदिल्ली विश्वकै धेरै प्रदूषित सहरको रुपमा चिनिँदै आएको छ। प्रदूषित वायुका कारण नयाँदिल्लीको मौषम तथा जलवायु चक्रमासमेत समस्या हुने गरेको छ। रासस/पीटीआई