नारायणीपूर्वदेखि मेचीको झापाको तराई–मधेश क्षेत्रमा यो पर्वमा महिलाहरू निकै उत्साहपूर्वक सहभागी हुने गर्छन्। यस क्षेत्रमा बसोबास गर्ने मैथिली, भोजपुरी र थारु भाषाभाषी समुदायमा निकै महत्वका साथ यो पर्वको आयोजना हुने गर्दछ।
यी सबै भाषाभाषीले समान स्वामित्व ग्रहण गर्दै यो पर्व आफूहरूको संस्कृतिसम्बद्ध भएको दावी गर्ने गर्छन्। जुनसुकै संस्कृतिको भए पनि पछिल्ला दिनमा यो पर्वप्रतिको स्वीकारोक्तिमा वृद्धि भएको छ। अचेल ठूलो क्षेत्रमा यो पर्व मनाउने गरेको पाइएको छ। कहाँसम्म भने खस–नेपालीभाषी महिलाहरू प्नि यो पर्वमा सहभागी हुने गरेका छन्।

यस क्षेत्रका वासिन्दा नेपालको जुनसुकै भूगोलमा बसोबास गरे पनि आपूm रहेको स्थानमै यो पर्व उल्लासपूर्वक मनाउने गरेका छन्। यस आधारमा यो पर्व नेपालमा सांस्कृतिक समावेशीपनको अनुपम उदाहरण बनेको छ।

यतिमात्र होइन पर्सादेखि झापासम्मको सीमासँग जोडिएको भारतमा पनि यो पर्व बडो श्रद्धापूर्वक मनाइने गरिन्छ। माथि उल्लेख गरिएको विभिन्न स्थानमा यो पर्वलाई विभिन्न नामले सम्बोधन गर्ने गरिन्छ। यसैक्रममा, जिमुतवाहन र जियुतवाहन आदी शव्द जितियाको पर्यायवाचीका रूपमा प्रयोग हुन्छन्।

मूलतः आश्विन शुक्ल अष्टमीका दिन श्रद्धालु महिलाहरू निराहार व्रत बसी यो पर्व मनाउने गर्छन्। सन्तानको निरोगिता, दीर्घायु र समग्र कल्याणको ध्येय राखी मनाइने यस पर्वमा आमाहरू व्रत बस्ने गर्छन्। यसपटक यो पर्वअन्तर्गत महिलाहरू आज शनिवार (४ असोज)मा निराहार व्रत बसिरहेका छन्।

उपासनाका दृष्टिले यो पर्व छठ भन्दा पनि विशेष मानिन्छ। तीन दिनसम्म विभिन्न प्रक्रिया पूरा गरी मनाइने यो पर्वमा व्रतालुले करिव तीन दिनसम्मै कडा अनुशासनमा रही व्रत सम्पन्न गर्नुपर्ने हुन्छ।

पहिलो दिनको प्रक्रियालाई नहाय खाय भनिन्छ। सप्तमीका दिन सम्पन्न हुने यस प्रक्रियाअन्तर्गत व्रतालु महिलाहरू नुहाई–धुवाइ गरी पवित्र भई व्रत बस्ने प्रतिज्ञा गर्छन्।

सप्तमीका दिन पूजा गरी जिमुतवाहन देवतालालाई आह्वान गरिन्छ। यो पर्वमा जिमुत वा जियुतवाहनको पूजा हुने गर्छ। जियुतवाहन भगवान महादेव हुन् भन्ने विश्वास छ। यस दिन व्रतालुहरू शुद्धाशुद्धी भई अनुष्ठानमार्फत् पर्व प्रारम्भ गर्दछन्।

अष्टमी तिथिमा निराहार व्रत बसिन्छ र जिमुतवाहनको मूल पूजा गरिन्छ।

नवमी तिथिको प्रारम्भमा परना (पारवन) गरी व्रत विसर्जन वा समापन गरिन्छ। कहिलेकाहिँ अष्टमी तिथिको अवधी लम्बिन जाँदा व्रत बस्ने अवधी पनि लम्बिन जान्छ। यसपटक यस्तै भएको छ।

अष्टमी तिथि लम्बिन गएकाले यसपटकको व्रतको अवधी पनि लम्बिएको छ। यस आधारमा यसपटक शनिवार विहानैदेखि सूरु भएको मानिएको अष्टमी तिथि आइतवार अपराह्न करिब तीन बजेसम्म पर्ने भएकाले व्रतालुहरूले व्रत पनि त्यसैअनुसार वस्नुपर्ने भएको छ।

यो पर्व कहिलेदेखि मनाउन सुरु भयो भन्नेबारे यकिन जानकारी उपलब्ध छैन। सांस्कृतिक उपासनाको एक महत्वपूर्ण अनुष्ठानका रूपमा समाजमा स्वीकार गरिँदै आएको यो पर्वका सन्दर्भमा अनेकौ मिथकहरू प्रचलित छन्।

प्रचलित मिथकीय मान्यताअनुसार मिथिलामा एक समय शीलावती र कर्पूरावती नामक दुई दिदीबहिनी थिए। बहिनी कर्पूरावती रानी थिइन् भने दिदी शीलावतीका पति त्यही रानीको दरवारमा भारदार थिए। बहिनीले दिदीसँग प्रतिस्पर्धामात्र गर्दिन थिइन् बरु बेलाबखत शत्रुता पनि साध्ने गर्थिन्।

दिदीका सात भाई छोरा थिए तर बहिनीका छोरा थिएनन्। बहिनीलाई यो सह्य थिएन। उनका आँखामा दिदीका सात भाई छोरा कसिंगरझैं विझाउँथे।

एकपटक दिदी छोराहरूको कल्याण र दीर्घायुका लागि जितिया अर्थात् जिमुतवाहन देवताको व्रत बसेकी थिइन्। बहिनीले षडयन्त्र रचिन्।

उनले दिदीका सात भाई छोराको अपहरण गर्न लगाएर सातैजनाको टाउको काटिन्। व्रत समापनका समयमा एक–एक टाउकोलाई एक एक डाला (बाँसको चोइटाले तयार गरिएको ठूलो थाल आकारको सामग्री)मा राखी रातो कपडाले छोपेर दिदीकहाँ कोसेलीका रूपमा पठाइन्।

बहिनीबाट प्राप्त ती डालाहरूमा के छ भनी थाहा नपाएकी दिदीले ती सामग्रीलाई पूजा कोठामा जतनपूर्वक राख्न लगाइन। आफू पूजाको अन्य क्रियामा व्यस्त भइन्। उता बहिनी भने दिदीको घरतर्फ कान थापेर बसिरहेकी थिइन्। कुनबेला दिदी रोएको आवाज सुनिन्छ भनेर उनी व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेकी थिइन्।

यता दिदी पूजामा संलग्न थिइन्। पूजाको समाप्तिका क्रममा दिदीले बहिनीबाट प्राप्त डालाबाट रातो कपडा उठाइन। तर आश्चर्य, त्यहाँ छोराहरूको टाउको नभएर नरिवलका डल्लाहरू थिए। एकैछिनमा सातै भाई छोरा आए र आमालाई ढोगे। छोराहरूले सानीआमाको कर्तुत् आमालाई सुनाए।

उता निकैबेर बितिसके पनि दिदीको आँगनबाट रुवाई नसुनिएपछि बहिनी स्वयं दिदीको आँगन आइन्। त्यहाँ आउँदा दिदीका सातै भाई छोरालाई देख्दा उनी स्तब्ध भइन्। अब रुने पालो उनको थियो। उनलाई आफ्नो कर्ममा ठूलो पश्चाताप भयो। दिदीसँग माफी मागिन। दिदीले बहिनीलाई पूर्वजन्मको कथा सुनाउँदै माफ गरिदिइन्। बहिनीले पूजाको प्रसाद ग्रहण गर्र्दै त्यहीँ प्राणान्त गरिन्।

मिथकअनुसार पूर्व जन्ममा शीला चील र कर्पूरा स्याल थिइन्। दुवै निकै मिल्ने सखी थिए। पूर्व जन्ममा दुवैले सँगै जितिया पर्वको आयोजना गरेका थिए तर स्यालले व्रत सम्पन्न गर्न सकेकी थिइनन्। उनले बीचमै व्रत भंग गरी चीलसँग झूठो बोल्दै पर्व सम्पन्न गरेको बताएकी थिइन्। त्यसैकारण यस जन्ममा कर्पूराको कल्याण हुन नसकेको र सन्तान पनि नभएको विश्वास गरिन्छ।  यसै घटनापछि मिथिलामा यो पर्वको महात्म्य बढेको र प्रत्येक घरका महिलाले जितिया व्रत धारण गर्ने गरेको विश्वास गरिन्छ।

वर्तमान समयमा यो पर्व कुनै एक खास संस्कृति र भूगोलसम्ममात्र सीमित छैन। यो पर्व र यसको महत्व प्रसार भइरहेको छ।

अचेल पर्व मिथिला संस्कृतिका साथै मध्य र पूर्वी नेपालका भोजपुरी र थारु संस्कृतिमा आश्विन कृष्ण सप्तमीदेखि नवमीसम्म भव्यतापूर्वक मनाउने गरिन्छ। सन्तान भएका महिला सन्तानको कल्याणका लागि र सन्तान नभएकाहरू सन्तानप्राप्तिको मनोकामना राखी निराहार व्रत बस्ने गर्छन्।

यो पर्व पूर्णतः पारिवारिक कल्याणसँग सम्बन्धित छ। यस पर्वमार्फत् एकातिर सन्तानको बृहत कल्याणको कामना गरिन्छ भने अर्कोतर्फ आपसमा मिलेर बस्न र सामाजिक सद्भाव एवं विश्वास कायम राख्ने सन्देश प्रवाहको प्रयास गरिएको छ। माथि उल्लेख गरिएको मिथकीय कथाले पनि त्यही सन्देश प्रवाहित गर्छ।

" /> नारायणीपूर्वदेखि मेचीको झापाको तराई–मधेश क्षेत्रमा यो पर्वमा महिलाहरू निकै उत्साहपूर्वक सहभागी हुने गर्छन्। यस क्षेत्रमा बसोबास गर्ने मैथिली, भोजपुरी र थारु भाषाभाषी समुदायमा निकै महत्वका साथ यो पर्वको आयोजना हुने गर्दछ।

"> सन्तानको दीर्घायु खोज्ने जितियाः समावेशी पंख फिजाउँदै: Dekhapadhi
सन्तानको दीर्घायु खोज्ने जितियाः समावेशी पंख फिजाउँदै
संस्कृतिको निर्माण र निरन्तरतामा मिथकहरूको निकै ठूलो भूमिका हुन्छ। कतै न कतै सम्बद्ध क्षेत्रको इतिहाससँग जोडिने यस्ता मिथकहरू वास्तवमा सांस्कृतिक धरोहर हुन्।

सभ्यताको पहिचान र सामाजिक मूल्य मान्यताको प्रतिनिधित्व गर्ने मिथकका आधारमा समग्र नेपाली समाजको नयाँ ढंगले अन्वेषण गर्न सकिन्छ, तर हामीकहाँ अहिलेसम्म त्यस्तो प्रयत्नको प्रारम्भ हुन सकेको छैन।

नेपालको पूर्वी तथा मध्य तराई–मधेशमा प्रचलित यस्तै एक मिथक हो– जितिया। समयक्रममा यसले आस्था र विश्वासको रूप धारण गरी पर्वको आकार ग्रहण गरेको छ।

मिथिला क्षेत्रको निकै प्रसिद्ध पर्व हो जितिया। तर यो पर्व नेपालको मिथिला क्षेत्रमा मात्र सीमित छैन।

नारायणीपूर्वदेखि मेचीको झापाको तराई–मधेश क्षेत्रमा यो पर्वमा महिलाहरू निकै उत्साहपूर्वक सहभागी हुने गर्छन्। यस क्षेत्रमा बसोबास गर्ने मैथिली, भोजपुरी र थारु भाषाभाषी समुदायमा निकै महत्वका साथ यो पर्वको आयोजना हुने गर्दछ।
यी सबै भाषाभाषीले समान स्वामित्व ग्रहण गर्दै यो पर्व आफूहरूको संस्कृतिसम्बद्ध भएको दावी गर्ने गर्छन्। जुनसुकै संस्कृतिको भए पनि पछिल्ला दिनमा यो पर्वप्रतिको स्वीकारोक्तिमा वृद्धि भएको छ। अचेल ठूलो क्षेत्रमा यो पर्व मनाउने गरेको पाइएको छ। कहाँसम्म भने खस–नेपालीभाषी महिलाहरू प्नि यो पर्वमा सहभागी हुने गरेका छन्।

यस क्षेत्रका वासिन्दा नेपालको जुनसुकै भूगोलमा बसोबास गरे पनि आपूm रहेको स्थानमै यो पर्व उल्लासपूर्वक मनाउने गरेका छन्। यस आधारमा यो पर्व नेपालमा सांस्कृतिक समावेशीपनको अनुपम उदाहरण बनेको छ।

यतिमात्र होइन पर्सादेखि झापासम्मको सीमासँग जोडिएको भारतमा पनि यो पर्व बडो श्रद्धापूर्वक मनाइने गरिन्छ। माथि उल्लेख गरिएको विभिन्न स्थानमा यो पर्वलाई विभिन्न नामले सम्बोधन गर्ने गरिन्छ। यसैक्रममा, जिमुतवाहन र जियुतवाहन आदी शव्द जितियाको पर्यायवाचीका रूपमा प्रयोग हुन्छन्।

मूलतः आश्विन शुक्ल अष्टमीका दिन श्रद्धालु महिलाहरू निराहार व्रत बसी यो पर्व मनाउने गर्छन्। सन्तानको निरोगिता, दीर्घायु र समग्र कल्याणको ध्येय राखी मनाइने यस पर्वमा आमाहरू व्रत बस्ने गर्छन्। यसपटक यो पर्वअन्तर्गत महिलाहरू आज शनिवार (४ असोज)मा निराहार व्रत बसिरहेका छन्।

उपासनाका दृष्टिले यो पर्व छठ भन्दा पनि विशेष मानिन्छ। तीन दिनसम्म विभिन्न प्रक्रिया पूरा गरी मनाइने यो पर्वमा व्रतालुले करिव तीन दिनसम्मै कडा अनुशासनमा रही व्रत सम्पन्न गर्नुपर्ने हुन्छ।

पहिलो दिनको प्रक्रियालाई नहाय खाय भनिन्छ। सप्तमीका दिन सम्पन्न हुने यस प्रक्रियाअन्तर्गत व्रतालु महिलाहरू नुहाई–धुवाइ गरी पवित्र भई व्रत बस्ने प्रतिज्ञा गर्छन्।

सप्तमीका दिन पूजा गरी जिमुतवाहन देवतालालाई आह्वान गरिन्छ। यो पर्वमा जिमुत वा जियुतवाहनको पूजा हुने गर्छ। जियुतवाहन भगवान महादेव हुन् भन्ने विश्वास छ। यस दिन व्रतालुहरू शुद्धाशुद्धी भई अनुष्ठानमार्फत् पर्व प्रारम्भ गर्दछन्।

अष्टमी तिथिमा निराहार व्रत बसिन्छ र जिमुतवाहनको मूल पूजा गरिन्छ।

नवमी तिथिको प्रारम्भमा परना (पारवन) गरी व्रत विसर्जन वा समापन गरिन्छ। कहिलेकाहिँ अष्टमी तिथिको अवधी लम्बिन जाँदा व्रत बस्ने अवधी पनि लम्बिन जान्छ। यसपटक यस्तै भएको छ।

अष्टमी तिथि लम्बिन गएकाले यसपटकको व्रतको अवधी पनि लम्बिएको छ। यस आधारमा यसपटक शनिवार विहानैदेखि सूरु भएको मानिएको अष्टमी तिथि आइतवार अपराह्न करिब तीन बजेसम्म पर्ने भएकाले व्रतालुहरूले व्रत पनि त्यसैअनुसार वस्नुपर्ने भएको छ।

यो पर्व कहिलेदेखि मनाउन सुरु भयो भन्नेबारे यकिन जानकारी उपलब्ध छैन। सांस्कृतिक उपासनाको एक महत्वपूर्ण अनुष्ठानका रूपमा समाजमा स्वीकार गरिँदै आएको यो पर्वका सन्दर्भमा अनेकौ मिथकहरू प्रचलित छन्।

प्रचलित मिथकीय मान्यताअनुसार मिथिलामा एक समय शीलावती र कर्पूरावती नामक दुई दिदीबहिनी थिए। बहिनी कर्पूरावती रानी थिइन् भने दिदी शीलावतीका पति त्यही रानीको दरवारमा भारदार थिए। बहिनीले दिदीसँग प्रतिस्पर्धामात्र गर्दिन थिइन् बरु बेलाबखत शत्रुता पनि साध्ने गर्थिन्।

दिदीका सात भाई छोरा थिए तर बहिनीका छोरा थिएनन्। बहिनीलाई यो सह्य थिएन। उनका आँखामा दिदीका सात भाई छोरा कसिंगरझैं विझाउँथे।

एकपटक दिदी छोराहरूको कल्याण र दीर्घायुका लागि जितिया अर्थात् जिमुतवाहन देवताको व्रत बसेकी थिइन्। बहिनीले षडयन्त्र रचिन्।

उनले दिदीका सात भाई छोराको अपहरण गर्न लगाएर सातैजनाको टाउको काटिन्। व्रत समापनका समयमा एक–एक टाउकोलाई एक एक डाला (बाँसको चोइटाले तयार गरिएको ठूलो थाल आकारको सामग्री)मा राखी रातो कपडाले छोपेर दिदीकहाँ कोसेलीका रूपमा पठाइन्।

बहिनीबाट प्राप्त ती डालाहरूमा के छ भनी थाहा नपाएकी दिदीले ती सामग्रीलाई पूजा कोठामा जतनपूर्वक राख्न लगाइन। आफू पूजाको अन्य क्रियामा व्यस्त भइन्। उता बहिनी भने दिदीको घरतर्फ कान थापेर बसिरहेकी थिइन्। कुनबेला दिदी रोएको आवाज सुनिन्छ भनेर उनी व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेकी थिइन्।

यता दिदी पूजामा संलग्न थिइन्। पूजाको समाप्तिका क्रममा दिदीले बहिनीबाट प्राप्त डालाबाट रातो कपडा उठाइन। तर आश्चर्य, त्यहाँ छोराहरूको टाउको नभएर नरिवलका डल्लाहरू थिए। एकैछिनमा सातै भाई छोरा आए र आमालाई ढोगे। छोराहरूले सानीआमाको कर्तुत् आमालाई सुनाए।

उता निकैबेर बितिसके पनि दिदीको आँगनबाट रुवाई नसुनिएपछि बहिनी स्वयं दिदीको आँगन आइन्। त्यहाँ आउँदा दिदीका सातै भाई छोरालाई देख्दा उनी स्तब्ध भइन्। अब रुने पालो उनको थियो। उनलाई आफ्नो कर्ममा ठूलो पश्चाताप भयो। दिदीसँग माफी मागिन। दिदीले बहिनीलाई पूर्वजन्मको कथा सुनाउँदै माफ गरिदिइन्। बहिनीले पूजाको प्रसाद ग्रहण गर्र्दै त्यहीँ प्राणान्त गरिन्।

मिथकअनुसार पूर्व जन्ममा शीला चील र कर्पूरा स्याल थिइन्। दुवै निकै मिल्ने सखी थिए। पूर्व जन्ममा दुवैले सँगै जितिया पर्वको आयोजना गरेका थिए तर स्यालले व्रत सम्पन्न गर्न सकेकी थिइनन्। उनले बीचमै व्रत भंग गरी चीलसँग झूठो बोल्दै पर्व सम्पन्न गरेको बताएकी थिइन्। त्यसैकारण यस जन्ममा कर्पूराको कल्याण हुन नसकेको र सन्तान पनि नभएको विश्वास गरिन्छ।  यसै घटनापछि मिथिलामा यो पर्वको महात्म्य बढेको र प्रत्येक घरका महिलाले जितिया व्रत धारण गर्ने गरेको विश्वास गरिन्छ।

वर्तमान समयमा यो पर्व कुनै एक खास संस्कृति र भूगोलसम्ममात्र सीमित छैन। यो पर्व र यसको महत्व प्रसार भइरहेको छ।

अचेल पर्व मिथिला संस्कृतिका साथै मध्य र पूर्वी नेपालका भोजपुरी र थारु संस्कृतिमा आश्विन कृष्ण सप्तमीदेखि नवमीसम्म भव्यतापूर्वक मनाउने गरिन्छ। सन्तान भएका महिला सन्तानको कल्याणका लागि र सन्तान नभएकाहरू सन्तानप्राप्तिको मनोकामना राखी निराहार व्रत बस्ने गर्छन्।

यो पर्व पूर्णतः पारिवारिक कल्याणसँग सम्बन्धित छ। यस पर्वमार्फत् एकातिर सन्तानको बृहत कल्याणको कामना गरिन्छ भने अर्कोतर्फ आपसमा मिलेर बस्न र सामाजिक सद्भाव एवं विश्वास कायम राख्ने सन्देश प्रवाहको प्रयास गरिएको छ। माथि उल्लेख गरिएको मिथकीय कथाले पनि त्यही सन्देश प्रवाहित गर्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्