भीडभाड नगरेर दसैँ मनाउन क्यानडाका प्रधानमन्त्रीको आग्रह
<p>काठमाडौं। हिन्दूहरूको महान् चाड विजयादशमीको अवसरमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले धेरै भीडभाड नगरी दसैँ मनाउन आग्रह गरेका छन्।</p>
<p>उनले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीका कारण सीमित संख्यामा मात्र भेला भएर दसैँ मनाउन आग्रह गरेका छन्।</p>
<p>“मलाई क्यानडा र विश्वका हिन्दू समुदायमा जोडिएर दसैँ मनाउँदा एकदमै खुसी लागेको छ,” उनले भनेका छन्, “विजय दशमी दुर्गा पुजाको दशैं दिन हो। यो दैत्यमाथि सत्यको जित भएको यो पर्व विशेष छ।”</p>
<p>ठूलाे भीडभाड गरेर चाडपर्व मनाउन कोभिड-१९ को महामारीले नयाँ चुनौती दिएको बताउँदै उनले भनेका छन्, “तर, हामी थोरै संख्यामा मात्रै भेला भएर पनि चाड मनाउन सक्छौं। र हामीले त्यसरी मनाउँदा पनि त्यसको महत्त्व उत्तिकै हुन्छ। कृपया! मेरो आग्रह मानिदिनु होला। विजयादशमीको शुभकामना!”</p>
प्रतिक्रिया दिनुहोस्
