प्रदेश १ र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना
<p style="text-align: justify;">काठमाडौं। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p>
<p style="text-align: justify;">आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ। अन्य भू-भागमा मौसम सफा रहनेछ। </p>
<p style="text-align: justify;">आज राति प्रदेश १ मा सामान्य बदली तथा बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।</p>
<p style="text-align: justify;">प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।</p>