काठमाडौं। मिथिला क्षेत्रमा आज महासप्तमीका दिन नवनिर्मित देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन्। माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा बेलको भेट्नोले खोस्रेर उघारेपछि बस्त्रआभूषणले सजाइनुका साथै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन्।

महोत्तरीसहितका मिथिला क्षेत्रमा शारदीय नवरात्र (बडादशैँ) पर्वमा बनाइएका देवी प्रतिमाको प्राणप्रतिष्ठा शास्त्रोक्त विधिले महासप्तमी (फूलपाती) का दिन गर्ने परम्परा छ। षष्ठी (नवरात्रको छैटौँ दिन) ‘बेलनौत’ गरिएको बेलको भेट्नुले सप्तमीका दिन बिहानै  आँखा उघारिएपछि प्रतिमाले पूर्णता पाउने विश्वास गरिन्छ।

मुख्य पुजारीले प्रतिमास्थलमा नवरात्र प्रारम्भदेखि नै चण्डी पाठ र देवी पूजनका नित्यकृया गरे पनि आँखा उघारिएर प्राणप्रतिष्ठा नगरुञ्जेल देवी प्रतिमामा अवतरित नहुने मान्यता छ। मिथिलाको स्थापित यसै मान्यताअनुसार देवी प्रतिमाका आँखा उघारेर प्राणप्रतिष्ठा गरिएपछि आज सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन्।

यसअघि षष्ठीका दिन प्रतिमास्थलबाट पुजारीसहित मुख्य यजमानले बस्तीकै बेलको रुख पुगेर रातो मखमली कपडाले बेललाई बेरेर ‘बेलनौत’ विधि सम्पन्न गरेका थिए। महासप्तमीका दिन त्यही बेल टिपेर ल्याई भेट्नुले प्रतिमाको आँखा उघारेर शास्त्रोक्त विधिले प्राणप्रतिष्ठा गरिएको हो।

देवी प्रतिमा सर्वसाधारणलाई दर्शनका लागि खुला गरिएसँगै दर्शनार्थीको चाप प्रतिमास्थलमा बढेको छ। प्रतिमास्थलमा खटिएका स्वयंसेवक दर्शनार्थीलाई भौतिक दूरी निर्वाह गर्न र मास्क लगाएर प्रवेश गर्न उत्प्रेरित गरिरहेका छन्।

यसपालि कोभिड-१९ सङ्क्रमण जोखिम कायम नै रहेका बेला बडादशैँ पर्व परेको हुँदा जिल्ला प्रशासनले भीडभाड नगर्न, मेलाउत्सव, नाचगान आयोजन नगर्न घटस्थापनाकै दिन निषेधाज्ञा आदेश जारी गरिसकेको छ। मिथिलामा बडादशैँ पर्वमा स्थापित गरिएका देवी प्रतिमा विजयादशमीका दिन पवित्र नदीमा विसर्जन गर्ने परम्परा छ।

रासस

" /> काठमाडौं। मिथिला क्षेत्रमा आज महासप्तमीका दिन नवनिर्मित देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन्। माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा बेलको भेट्नोले खोस्रेर उघारेपछि बस्त्रआभूषणले सजाइनुका साथै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन्।

महोत्तरीसहितका मिथिला क्षेत्रमा शारदीय नवरात्र (बडादशैँ) पर्वमा बनाइएका देवी प्रतिमाको प्राणप्रतिष्ठा शास्त्रोक्त विधिले महासप्तमी (फूलपाती) का दिन गर्ने परम्परा छ। षष्ठी (नवरात्रको छैटौँ दिन) ‘बेलनौत’ गरिएको बेलको भेट्नुले सप्तमीका दिन बिहानै  आँखा उघारिएपछि प्रतिमाले पूर्णता पाउने विश्वास गरिन्छ।

मुख्य पुजारीले प्रतिमास्थलमा नवरात्र प्रारम्भदेखि नै चण्डी पाठ र देवी पूजनका नित्यकृया गरे पनि आँखा उघारिएर प्राणप्रतिष्ठा नगरुञ्जेल देवी प्रतिमामा अवतरित नहुने मान्यता छ। मिथिलाको स्थापित यसै मान्यताअनुसार देवी प्रतिमाका आँखा उघारेर प्राणप्रतिष्ठा गरिएपछि आज सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन्।

यसअघि षष्ठीका दिन प्रतिमास्थलबाट पुजारीसहित मुख्य यजमानले बस्तीकै बेलको रुख पुगेर रातो मखमली कपडाले बेललाई बेरेर ‘बेलनौत’ विधि सम्पन्न गरेका थिए। महासप्तमीका दिन त्यही बेल टिपेर ल्याई भेट्नुले प्रतिमाको आँखा उघारेर शास्त्रोक्त विधिले प्राणप्रतिष्ठा गरिएको हो।

देवी प्रतिमा सर्वसाधारणलाई दर्शनका लागि खुला गरिएसँगै दर्शनार्थीको चाप प्रतिमास्थलमा बढेको छ। प्रतिमास्थलमा खटिएका स्वयंसेवक दर्शनार्थीलाई भौतिक दूरी निर्वाह गर्न र मास्क लगाएर प्रवेश गर्न उत्प्रेरित गरिरहेका छन्।

यसपालि कोभिड-१९ सङ्क्रमण जोखिम कायम नै रहेका बेला बडादशैँ पर्व परेको हुँदा जिल्ला प्रशासनले भीडभाड नगर्न, मेलाउत्सव, नाचगान आयोजन नगर्न घटस्थापनाकै दिन निषेधाज्ञा आदेश जारी गरिसकेको छ। मिथिलामा बडादशैँ पर्वमा स्थापित गरिएका देवी प्रतिमा विजयादशमीका दिन पवित्र नदीमा विसर्जन गर्ने परम्परा छ।

रासस

"> देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला: Dekhapadhi
देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला
काठमाडौं। मिथिला क्षेत्रमा आज महासप्तमीका दिन नवनिर्मित देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन्। माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा बेलको भेट्नोले खोस्रेर उघारेपछि बस्त्रआभूषणले सजाइनुका साथै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन्।

महोत्तरीसहितका मिथिला क्षेत्रमा शारदीय नवरात्र (बडादशैँ) पर्वमा बनाइएका देवी प्रतिमाको प्राणप्रतिष्ठा शास्त्रोक्त विधिले महासप्तमी (फूलपाती) का दिन गर्ने परम्परा छ। षष्ठी (नवरात्रको छैटौँ दिन) ‘बेलनौत’ गरिएको बेलको भेट्नुले सप्तमीका दिन बिहानै  आँखा उघारिएपछि प्रतिमाले पूर्णता पाउने विश्वास गरिन्छ।

मुख्य पुजारीले प्रतिमास्थलमा नवरात्र प्रारम्भदेखि नै चण्डी पाठ र देवी पूजनका नित्यकृया गरे पनि आँखा उघारिएर प्राणप्रतिष्ठा नगरुञ्जेल देवी प्रतिमामा अवतरित नहुने मान्यता छ। मिथिलाको स्थापित यसै मान्यताअनुसार देवी प्रतिमाका आँखा उघारेर प्राणप्रतिष्ठा गरिएपछि आज सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन्।

यसअघि षष्ठीका दिन प्रतिमास्थलबाट पुजारीसहित मुख्य यजमानले बस्तीकै बेलको रुख पुगेर रातो मखमली कपडाले बेललाई बेरेर ‘बेलनौत’ विधि सम्पन्न गरेका थिए। महासप्तमीका दिन त्यही बेल टिपेर ल्याई भेट्नुले प्रतिमाको आँखा उघारेर शास्त्रोक्त विधिले प्राणप्रतिष्ठा गरिएको हो।

देवी प्रतिमा सर्वसाधारणलाई दर्शनका लागि खुला गरिएसँगै दर्शनार्थीको चाप प्रतिमास्थलमा बढेको छ। प्रतिमास्थलमा खटिएका स्वयंसेवक दर्शनार्थीलाई भौतिक दूरी निर्वाह गर्न र मास्क लगाएर प्रवेश गर्न उत्प्रेरित गरिरहेका छन्।

यसपालि कोभिड-१९ सङ्क्रमण जोखिम कायम नै रहेका बेला बडादशैँ पर्व परेको हुँदा जिल्ला प्रशासनले भीडभाड नगर्न, मेलाउत्सव, नाचगान आयोजन नगर्न घटस्थापनाकै दिन निषेधाज्ञा आदेश जारी गरिसकेको छ। मिथिलामा बडादशैँ पर्वमा स्थापित गरिएका देवी प्रतिमा विजयादशमीका दिन पवित्र नदीमा विसर्जन गर्ने परम्परा छ।

रासस

प्रतिक्रिया दिनुहोस्