कैलाली। विगतका वर्षहरूमा दशैं आएसँगै हुने नाचगानले कैलालीको थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो। तर, यो वर्ष गाउँ सुनसान छ।
कोरोना महामारीका कारण थारु गाउँका टोल-टोलमा हुने सखिया नाच पनि नभएपछि दशैंमा थारु बस्ती सुनसान छ। विगतका दशैंमा सखिया, झुमरा, मुङग्रहुवा नाच र मादलको तालले थारु गाउँमा बेग्लै रौनक महसुस हुन्थ्यो। तर, यसवर्ष नाचगान गर्न नमिलेकाले गाउँघरको दशैंमा रौनक नरहेको धनगढी उपमहानगरपालिका-१६ थारु होमस्टे गाउँ भादाका लक्ष्मीनारायण चौधरीले बताए।
भादामा होमस्टे भएकाले त्यहाँ सधैंझै थारु साँस्कृतिक नृत्य भइरहन्थ्यो। यो वर्ष दशैंमा त के, होमस्टेका लागि पनि नाच भएको छैन। कोरोना महामारी फैलिने डरले गाउँघरमा नाचगान नभएको वडा नम्बर-१६ का अध्यक्षसमेत रहेका चौधरीले बताए।
दशैंको अवसरमा नाचिने सखिया, झुमरा, मुङ्ग्रहुवा लगायतका थारु मौलिक नाच समूहमा नाचिने नाच हुन्। विगत वर्षमा दशैं आउनुभन्दा एक महिना अगाडिबाट नै थारु गाउँमा यस्ता नाच देखाउने गरिन्थ्यो ।
सखिया नाचका कारण चाडपर्वमा बेग्लै रमाइलो महसुस हुने कैलारी गाउँपालिका–३ उत्तर भडरी गाउँका भलमन्सा छोटेलाल चौधरीले बताए। उनले यो वर्षको दशैं, दशैं जस्तै नलागेको बताए।
हरेक वर्ष दशैं आउनुभन्दा अगाडिबाट नै गाउँमा सखिया नाच गर्दै आएकोमा यसवर्ष कोरोना फैलिने डरले नाच देखाउन नसकिएको उनले बताए।
" /> कैलाली। विगतका वर्षहरूमा दशैं आएसँगै हुने नाचगानले कैलालीको थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो। तर, यो वर्ष गाउँ सुनसान छ।कोरोना महामारीका कारण थारु गाउँका टोल-टोलमा हुने सखिया नाच पनि नभएपछि दशैंमा थारु बस्ती सुनसान छ। विगतका दशैंमा सखिया, झुमरा, मुङग्रहुवा नाच र मादलको तालले थारु गाउँमा बेग्लै रौनक महसुस हुन्थ्यो। तर, यसवर्ष नाचगान गर्न नमिलेकाले गाउँघरको दशैंमा रौनक नरहेको धनगढी उपमहानगरपालिका-१६ थारु होमस्टे गाउँ भादाका लक्ष्मीनारायण चौधरीले बताए।

">