काठमाडौं । नेपाल प्रहरीले चाडबाड लक्षित सुरक्षा योजना अनुसार काठमाडौं उपत्यकामा ड्रोनबाट अनुगमन थालेको छ।
आर्थिक कारोबार बढी हुने उपत्यकाको विभिन्न क्षेत्र, सवारीको चाप बढी हुने क्षेत्र र मानिसहरूको चहलपहल बढी हुने क्षेत्रहरूमा प्रहरीले ड्रोनबाट अनुगमन थालेको हो।
प्रहरी प्रवक्त तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले सम्भावित अपराधिक गतिविधि नियन्त्रणका लागि ड्रोनबाट अनुगमन थालिएको बताए।
“हामीले आवश्यकता अनुसार अुनगमनका लागि ड्रोनको प्रयोग गरिरहेका छौं”, कडायतले देखापढीसँग भने, “आर्थिक कारोबार हुने क्षेत्र र मानिसहरूको चहलपहल बढी हुने क्षेत्रहरूमा चोरी, लुटपाट जस्ता गतिविधि हुन सक्छन् र त्यसलाई नियन्त्रण गर्न ड्रोनबाट अनुगमन गरिरहेका हौं।”
हवाई दृश्यमार्फत सुरक्षा जाँचका लागि उपत्यकामा ५ वटा ड्रोनको प्रयोग गरिएको छ। आर्थिक कारोबार बढी हुने क्षेत्रहरू न्यूरोड, दरबारमार्गसँगै भीडभाड हुने नयाँ बसपार्क लगायत क्षेत्रको अनुगमन ड्रोनमार्फत गरिन थालिएको छ।
प्रहरी प्रधान कार्यालयको अपराध तथ्याङ्क अनुसार चाडबाडका बेला लुटपाट, चोरी जस्ता घटनाहरू बढी हुने गरेका छन्।

चाडबाडको मौका छोपेर सीमा नाका हुँदै विष्फोटक पदार्थ र लागूऔषधहरू उपत्यकामा भित्र्याउन सक्ने सम्भावनाप्रति प्रहरी थप सतर्क भएर लागेको प्रवक्ता कडायतले बताए।
उनका अनुसार त्यसलाई रोक्न तालिम प्राप्त कुकुरहरूको परिचालन गरिएको छ। उपत्यका प्रवेश गर्ने नाका थानकोट, साँगा, जगाती, फर्पिङलगायत क्षेत्रमा कुकुरको परिचालन गरिँदै आएको छ।
यससँगै सवारीको गति कन्ट्रोल गर्न स्पीड मापन गर्ने यन्त्र ‘र्याडर स्पीड गन’ को प्रयोग पनि प्रहरीले ठाउँ ठाउँमा गर्दै आएको छ।
" /> काठमाडौं । नेपाल प्रहरीले चाडबाड लक्षित सुरक्षा योजना अनुसार काठमाडौं उपत्यकामा ड्रोनबाट अनुगमन थालेको छ।आर्थिक कारोबार बढी हुने उपत्यकाको विभिन्न क्षेत्र, सवारीको चाप बढी हुने क्षेत्र र मानिसहरूको चहलपहल बढी हुने क्षेत्रहरूमा प्रहरीले ड्रोनबाट अनुगमन थालेको हो।

">