काठमाडौं। देशमा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढिरहेका बेला विश्वका १०१ देशका नागरिक नेपाल आएको पाइएको छ। एक महिना (असोज)को अवधिमा १०१ देशका नागरिक नेपाल आएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।
अध्यागमन विभागका अनुसार असोज एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट मात्र ६८ हजार ६३९ जना यात्रुले नेपालमा आवतजावत गरेका छन्।
असोज महिनामा टीआईएबाट नेपालमा आवतजावत गर्नेमा ४ हजार ५ जना विदेशी छन् भने ६४ हजार ६३४ जना नेपाली रहेका छन्।
असोज महिनामा १ हजार ९९२ जना विदेशी नेपाल आएका थिए भने २ हजार ८१४ जना विदेशी नेपालबाट फर्केका थिए। असोजमा टीआईएबाट ४६ हजार ४८ जना नेपाली स्वदेश फर्केका थिए भने १८ हजार ५८६ जना नेपालीबाट नेपालबाट विदेश गएका थिए।
असोजमा नेपाल आवतजावत गर्ने विदेशीमा १ हजार २६७ चिनियाँ, १९८ भारतीय, ३९२ जना बेलायती, ६४२ जना अमेरिकी र बाँकी अन्य देशका नागरिक रहेका छन्। असोजमा मानव बसोबास रहेका सबै महादेशका राष्ट्रहरुबाट नागरिक नेपाल आएको देखिन्छ।
नेपाल विदेशीमा ८१७ जना पुरुष छन् भने ३७४ जना महिला। नेपालबाट स्वदेश फर्कने विदेशीमा १ हजार ९९२ जना पुरुष र ८२१ जना महिला छन्। एक जनाको भने पहिचान खुलेको छैन।
असोज महिनामा बिभिन्न देशबाट स्वदेश फर्कने नेपालीमा ३९ हजार ४८९ जना पुरुष छन् भने ६ हजार ५५६ जना महिला। सोही महिना नेपाल छोड्ने नेपालीमा पुरुष १४ हजार २९६ जना र महिला ४ हजार २९० जना रहेका छन्।
अध्यागमन विभागको तथ्याङ्क अनुसार गत भदौ महिनामा टीआईएबाट २६ हजार ८६ यात्रुले नेपालमा आवतजावत गरेका थिए। यी मध्ये ३ हजार २०६ जना विदेशी थिए भने २२ हजार ८८० जना नेपाली। भदौ महिनामा विश्वका ८४ देशका नागरिक नेपाल आएका थिए।
भदौमा ४११ जना विदेशी नेपाल आएका थिए भने २ हजार ७९५ जना विदेशी नेपालबाट स्वदेश फर्केका थिए। यस्तै, भदौमा बिभिन्न देशबाट १५ हजार ८२२ जना नेपाली स्वदेश फर्केका र ७ हजार ५८ जना नेपालबाट बिभिन्न देश गएका थिए।
विभागको तथ्याङ्क अनुसार लकडाउनको अवधि २०७६ चैत ११ गते देखि २०७७ साउन ३२ गतेसम्म ९७ भन्दा बढी देशका नागरिक नेपाल आएका थिए। सो अवधिमा टीआईएबाट ७१ हजार ४३७ यात्रुले नेपालमा आवतजावत गरेका थिए।
लकडाउनको अवधिमा टीआईए मार्फत नेपाल आएका ५० हजार ७२३ यात्रुमा ५० हजार ५१५ जना नेपाली रहेका थिए। सो अवधिमा ३७ देशबाट २०८ जना विदेशी नेपाल आएका थिए।
लकडाउनको अवधिमा टीआईएबाट २० हजार ७१० जना यात्रु बाहिरिएका थिए। यसरी नेपालबाट बाहिरिनेमा ११ हजार २२६ जना नेपाली थिए भने ९ हजार ४८४ जना विदेशी रहेका थिए।
नेपालमा लकडाउन सुरु भएयता (२०७६ चैत ११ गतेदेखि) असोज मसान्तसम्म टिआईएबाट १ लाख ६६ हजार १६२ यात्रुले आवतजावत गरेका छन्।
" /> काठमाडौं। देशमा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढिरहेका बेला विश्वका १०१ देशका नागरिक नेपाल आएको पाइएको छ। एक महिना (असोज)को अवधिमा १०१ देशका नागरिक नेपाल आएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।अध्यागमन विभागका अनुसार असोज एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट मात्र ६८ हजार ६३९ जना यात्रुले नेपालमा आवतजावत गरेका छन्।

">