भरतपुर। चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिका-२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो।
भरतपुर महानगरपालिकाको २५ लाख र समूहको सहभागितामा थप सात लाख रकम गरी ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो। केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सीप र क्षमताको आधारमा बहुउपयोगी हुने बताइन्।
अध्यक्ष दिव्या शर्माले समूहको आयव्यय तथा समूहले गरेका गतिविधिहरूको बारेमा जानकारी गराएकी थिइन्। रासस
" /> भरतपुर। चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिका-२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो।भरतपुर महानगरपालिकाको २५ लाख र समूहको सहभागितामा थप सात लाख रकम गरी ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो। केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सीप र क्षमताको आधारमा बहुउपयोगी हुने बताइन्।
अध्यक्ष दिव्या शर्माले समूहको आयव्यय तथा समूहले गरेका गतिविधिहरूको बारेमा जानकारी गराएकी थिइन्। रासस
">