काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकको सेवा र सुरक्षामा अझ कटिबद्ध रही खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
विजया दशमी, दीपावली, नेपाल सम्वत् ११४१ र छठ पर्वको अवसरमा शुभकामना दिँदै महानिरीक्षक थापाले यस वर्ष चाडपर्वको बेला कोभिड-१९ को संक्रमण पनि कायम रहेकोले व्यक्तिगत इच्छा र आवश्यकताभन्दा नागरिक सेवा र सुरक्षामा खटिन निर्देशन दिएका हुन्।
उनले महामारीको यो बेला प्रहरीले आम नागरिक र सेवाप्रतिको कर्तब्यसँगै समर्पणका रूपमा ग्रहण गरिसकेको बताए।
समाजले पनि प्रहरीको उपस्थिति र भूमिकालाई अपरिहार्य ठानेको थापाको भनाइ छ। उनले चाडहरूलाई सत्यको मानक, त्याग र संयमको प्रतीकको रूपमा रहेको उल्लेख गरे।
" /> काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकको सेवा र सुरक्षामा अझ कटिबद्ध रही खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।विजया दशमी, दीपावली, नेपाल सम्वत् ११४१ र छठ पर्वको अवसरमा शुभकामना दिँदै महानिरीक्षक थापाले यस वर्ष चाडपर्वको बेला कोभिड-१९ को संक्रमण पनि कायम रहेकोले व्यक्तिगत इच्छा र आवश्यकताभन्दा नागरिक सेवा र सुरक्षामा खटिन निर्देशन दिएका हुन्।

">