वासिङटन। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन्। कोरोनाभाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउँदै उनले ट्रम्पलाई अब बिदा गर्नुपर्नेमा जोड दिए।
पूर्वराष्ट्रपति ओबामाले बुधबार डेमोक्र्याटतर्फका उम्मेदवार जो बाइडेनलाई मतदान गरेर निर्वाचित गराउनसमेत सबैलाई अपिल गरे। डेमोक्र्याटतर्फका उम्मेदवारहरुलाई समर्थन जनाउँदै खुलेर चुनावी प्रचारप्रसार अभियानमा लागेका ओबामाले उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई पनि मतदान गर्न अनुरोध गरेका छन्।
बाइडेन र ह्यारिसको समूहप्रति लक्षित गर्दै ओबामाले भने, “उहाँहरुप्रति देशको आर्थिक सुधार र कोरोनाभाइरसको महामारी व्यवस्थापनको राम्रो योजना छ, उहाँहरुसँग क्षमता पनि छ, त्यसैले तपाईं हामी सबैले उहाँहरुलाई जिताउनु पर्छ।”
उनले बाइडेन र ह्यारिसको समूहले मुलुकलाई राम्रो बनाउने र नेतृत्त्व दिनसक्ने दाबीसमेत मतदाताहरुसमक्ष गरे।
अमेरिकामा आगामी नोभेम्बर ३ मा निर्वाचन हुन लागेको छ भने राष्ट्रपति पदका लागि ट्रम्प र बाइडेन चुनावी मैदानमा छन्।
मतदानको दिन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारका गतिविधिहरु तीव्र भएका छन् भने सभा तथा र्यालीहरु धेरै ठाउँमा आयोजना गरिएका छन्। बुधबार आयोजित एक र्यालीलाई सम्बाेधन गर्दै पूर्वराष्ट्रपति ओबामाले ट्रम्पको अहिलेको कार्यकाल बेकारमा गएको र आगामी चार वर्ष फेरि खेर फाल्न नहुने टिप्प्णी गरे।
राष्ट्रपति कार्यालयले जनता जोगाउन, आर्थिक क्षति न्यूनीकरण गर्न धेरै काम गर्न सक्ने हुदाँ-हुदै पनि नगरेको उनको भनाइ थियो। अहिलेका राष्ट्रपति ट्रम्पले अविश्वासिला कुरा र व्यवहारमात्रै गरेको र जिम्मेवार हुन नसकेको पनि ओबामाले आरोप लगाए। रासस/पीटीआई
" /> वासिङटन। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन्। कोरोनाभाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउँदै उनले ट्रम्पलाई अब बिदा गर्नुपर्नेमा जोड दिए।पूर्वराष्ट्रपति ओबामाले बुधबार डेमोक्र्याटतर्फका उम्मेदवार जो बाइडेनलाई मतदान गरेर निर्वाचित गराउनसमेत सबैलाई अपिल गरे। डेमोक्र्याटतर्फका उम्मेदवारहरुलाई समर्थन जनाउँदै खुलेर चुनावी प्रचारप्रसार अभियानमा लागेका ओबामाले उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई पनि मतदान गर्न अनुरोध गरेका छन्।

">