काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका-५ पालुबारी लामाडाँडास्थित सडकमा ‘अन टेस्ट’ टेम्पो बिहीबार बिहान सडकबाट करिब ५० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा टेम्पुमा सवार काभ्रे मण्डनदेउपुर गाउँपालिका-१ घर भएका ४५ वर्षीय प्रल्लाद बास्ताकोटी छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य चार जनालाई उपचारको लागि पिपुल्स लाइफ केयर अस्पताल पठाइएको छ। फरार टेम्पो चालकको प्रहरीले खोजी गरिरहेको छ।
यस्तै, रूपन्देहीको बुटवल उपमहानगरपालिका-६ पुष्पलाल पार्कनजिक सडकमा ना ८ ख २०१४ नम्बरको ट्रकले बिहीबार बिहान साइकललाई ठक्कर दिँदा साइकलयात्री सोही उपमहानगरपालिका-१९ मोतीपुर बस्ने ४२ वर्षीय ओम थापाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।