काठमाडौं। नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरूको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरूसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यस अध्ययन प्रतिवेदनबाट आएका निष्कर्षहरूले आउने दिनमा मातहत कर्मचारीलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट पारेको बताए।
आन्तरिक व्यवस्थापनले मातहत कर्मचारीहरूको मनोबलमा वृद्धि गर्न सकिने अध्ययन प्रतिवेदनबाट देखिएको बताए। प्रतिवेदनबाट आएका निष्कर्षबाट कार्ययोजना तयार पारी त्यसलाई अवलम्बन गर्नुपर्नेमा उनले जोड दिएका थिए।
कार्यक्रममा प्रहरी उपरीक्षक मनोजकुमार केसीले प्रतिवेदन तयार पार्दा प्रहरी प्रधान कार्यालयलगायत सातवटै प्रदेशका विभिन्न १५ जिल्लाहरूमा उक्त सर्वेक्षण गरिएको जानकारी दिए।
" /> काठमाडौं। नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरूको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरूसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन्।

">