काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयाटारीस्थित सिद्धार्थ राजमार्गबाट अवैध लागुऔषधसहित एक जना १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली गोदावरी घर भई हाल स्याङ्जा गल्याङ नगरपालिका–८ बस्ने किशोर छन्। उनको साथबाट प्रहरीले लागुऔषध डाईजेपाम २३ एम्पुल, फेनरागन २३ एम्पुल र नोर्फिन २३ एम्पुल बरामद गरेको छ। वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि कारवाही तथा अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।
" /> काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयाटारीस्थित सिद्धार्थ राजमार्गबाट अवैध लागुऔषधसहित एक जना १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा कैलाली गोदावरी घर भई हाल स्याङ्जा गल्याङ नगरपालिका–८ बस्ने किशोर छन्। उनको साथबाट प्रहरीले लागुऔषध डाईजेपाम २३ एम्पुल, फेनरागन २३ एम्पुल र नोर्फिन २३ एम्पुल बरामद गरेको छ। वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि कारवाही तथा अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।
">