काठमाडौं। जुवातासका घटना दिनहुँजसो सार्वजनिक भइरहन्छन्। जुवाखालबाटै जुवाडेसहित नगद र तास पनि बरामद गरिएको प्रहरीले जनाउँछ।

तर, बरामद गरिएको रकम कति? प्रहरी प्रधान कार्यालयसँग यसकाे कुनै तथ्याङ्‍क छैन। जुवाताससम्बन्धी घटना र पक्राउ परेका जुवाडेको मात्रै तथ्याङ्‍क छ।

यसरी एकातिर घटना र जुवाडेको सङ्ख्या राख्दा अर्कातिर बरामद गरिएको रकमको अभिलेख नराख्नुलाई गम्भीर रूपमा लिन सकिन्छ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायत भने जहाँ जुवाताससम्बन्धी घटना हुन्छ, त्यहीँको प्रहरी कार्यालयले राखेको हुन सक्ने बताउँछन्।

हुनतः बरामद गरिएको रकमलाई प्रहरीले राजस्वको रूपमा दाखिला गर्छ। गरिए पनि बरामद गरेर दाखिला गरेको विवरण राख्नु पर्ने हो। जसरी ट्राफिक प्रहरीले राख्ने गर्दछ।

प्रवक्ता कडायत प्रहरीले बरामदपछि रकम राजस्वमा दाखिला गर्ने भएकोले तथ्याङ्‍क राख्न अनावश्यक ठान्छन्। र, साध्ये नहुने बताउँछन्।

“प्रहरीले बरामद गरे लगत्तै राजस्वमा दाखिला गरिहाल्ने हो, त्यसको अभिलेखीकरण आउँदैन,” उनले देखापढीसँग भने, “तत्कालचाहिँ यति रकमसहित यो ठाउँमा यति जना पक्राउ गरियो भन्ने विवरण आउँछ तर, हामी बरामद गरिएको विवरण राख्दैनौं।”

जुवातासका घटना बर्सेनि बढ्दो

जुवातासका घटना भने बर्सेनि बढिरहेको छ। पछिल्लो त्रिवर्षीय तथ्याङ्‍कलाई हेर्दा हरेक वर्ष जुवातास खेल्ने क्रम बढेको देखिएको हो। जुन खेल कानुनतः बर्जित छ।

गाउँघरतिर मनोरञ्जनका लागि खेलिने खेल सहरतिर भने व्यावसायिक रूपमा खेलाइने चलन छ। मनोरञ्जन र व्यावसायिक/पेशेवर जुनै ढङ्गको जुवातास खेलाइ अवैधानिक हो।

यद्यपि, खेल्ने र खेलाउनेहरू बढेको देखिएको छ।

प्रहरी प्रवक्ता कडायतले आर्थिक वर्ष २०७४/७५ मा स्वदेशी पुरूष दुई हजार २४ जना, महिला ११६ जना र विदेशी पुरूष दुई जना गरी दुई हजार ८२४ जना जुवाडे पक्राउ परेको बताए। जतिबेला जुवातास खेलाइको घटना भने ३५९ वटा भएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ३९१ वटा जुवातास खेलाउने घटनामा दुई हजार ८६९ जना पक्राउ परेका थिए। जसमध्ये दुई हजार ७५९ वटा स्वदेशी पुरूष, ९५ जना महिला र विदेशी १५ पुरूष रहेका थिए।

“जहाँ बढी मोबिलिटी हुन्छ र आर्थिक कारोबार हुन्छ, त्यहीँ जुवातास खेल्ने खेलाउने लगायतका अपराध हुन्छन्। अपराध पनि क्रमशः वृद्धि हुने र त्यसले नयाँ-नयाँ रूप लिने अहिलेको ट्रेन्ड छ।”

आर्थिक वर्ष २०७६/७७ मा अझ बढी ४७७ वटा जुवातासका घटना भए। ती घटनाबाट तीन हजार ५८४ जना पक्राउ परे। जसमध्ये तीन हजार ४४५ जना स्वदेशी पुरूष, १२७ जना महिला र १२ जना विदेशी पुरूष पक्राउ परे।

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा ४९१ स्वदेशी पुरूष र २६ जना महिला पक्राउ परेका छन्। सो अवधिमा जुवातास खेल्ने घटना ७३ वटा भएको प्रवक्ता कडायतको भनाइ छ।

तथ्याङ्‍क अनुसार जुवातास खेलाइ बर्सेनि बढ्दै गएको छ। दसैं तिहार लगायतका चाडपर्वको बेला गाउँघरमा बढी जुवातास खेल्ने गरेको प्रहरीले जनाएको छ। सहर बजारमा भने पेशेवर जुवाडेहरूले व्यावसायिक रूपमा खेल्ने गर्छन्।

संघीय राजधानी जुवातासको पनि राजधानी!

मुलुकको राजधानी काठमाडौंसहितका दुई जिल्लामा जुवातास खेल्ने प्रवृत्ति बढी देखिएको छ।

गत तीन आर्थिक वर्ष तथा चालु आर्थिक वर्षको साउन र भदौ महिनामा गरी सर्वाधिक २९६ वटा जुवातासका घटना उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा घटेको पाइएको छ।

गण्डकी प्रदेशमा २५८ वटा, लुम्बिनी प्रदेशमा १९१ वटा, प्रदेश १ मा १५० र सुदूरपश्चिम प्रदेशमा ८३ घटना घटेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्‍कमा उल्लेख छ।

सबैभन्दा कम प्रदेश २ मा ५४ वटा घटना भएको तथ्याङ्‍क छ। कर्णाली प्रदेशमा ६० वटा जुवाताससम्बन्धी घटना भएका थिए।

आर्थिक कारोबार बढी हुने र मानिसहरूको चहलपहल बढ्ने ठाउँमा जुवातास लगायत गैरकानुनी तथा अपराधिक घटना बढी हुने गरेको प्रहरी प्रवक्ता कडायतले बताए।

“जहाँ बढी मोबिलिटी हुन्छ र आर्थिक कारोबार हुन्छ, त्यहीँ जुवातास खेल्ने खेलाउने लगायतका अपराध हुन्छन्,” प्रवक्ता कडायतले देखापढीसँग भने, “अपराध पनि क्रमशः वृद्धि हुने र त्यसले नयाँ-नयाँ रूप लिने अहिलेको ट्रेन्ड छ।”

मुलुकी अपराध (संहिता) ऐन-२०७४ को परिच्छेद-५ मा “सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धका कसूरअन्तर्गत जुवा खेल्न र सट्टाबाजी गर्न नहुने” भनिएको छ।

पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। दोस्रो पटक जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवान, त्यसपछि भने पटकै पिच्छे थप तीन महिनासम्म कैद तथा १० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

" /> काठमाडौं। जुवातासका घटना दिनहुँजसो सार्वजनिक भइरहन्छन्। जुवाखालबाटै जुवाडेसहित नगद र तास पनि बरामद गरिएको प्रहरीले जनाउँछ।

"> जुवाडेको संख्या बर्सेनि बढ्दो, खालबाट बरामद रकमको तथ्याङ्‍क नै राख्दैन प्रहरी: Dekhapadhi
साङ्‍केतिक तस्वीर
जुवाडेको संख्या बर्सेनि बढ्दो, खालबाट बरामद रकमको तथ्याङ्‍क नै राख्दैन प्रहरी

प्रतिक्रिया दिनुहोस्