बाघको आक्रमणबाट युवतीको मृत्यु
<p style="text-align: justify;">बर्दिया। मधुवन नगरपालिका-३ भगरैया गाउँ बस्ने २६ वर्षीया गंगा खत्रीको बाघको आक्रमणबाट बुधबार मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">सोही ठाउँस्थित नेपाल-भारत सीमा नजिक घाँस काटिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी कोठियाबाट गएको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>