काठमाडौं। विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
कैलालीको बर्दगोरिया गाउँपालिका-४ निमाबोजीमा हिजो साँझ बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। एकजना भने घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार कैलालीकै लम्कीचुहा नगरपालिका-९ दुर्गौलीकी ३५ वर्षीया भागरथी रेग्मी छिन्। उनको उपचारको क्रममा घोडाघोडी अस्पताल सुख्खडमा मृत्यु भएको हो। मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २३०९ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको से. १ ब ९५७ नम्बरको मोटरसाइकललाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको थियो। दुवै सवारीसाधनसहित बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-९ आँपघारीमा हिजो बेलुकी मोटरसाइकल पल्टिँदा २ जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश २ ०२००१ प ४३४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर हिजो बेलुकी सवा ८ बजे पल्टिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक धनुषाको हंसपुर गाउँपालिका ८ का २१ वर्षीय ध्रुव मण्डल र पछाडी सवार सोही ठाउँका २२ वर्षीय श्याम राउत घाइते भएका हुन्। घाइते दुवैलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ। घाइतेमध्ये राउतको अवस्था गम्भीर छ।
बाँकेको राप्तिसोनारी गाउँपालिका-९ ढकेरीमा हिजो साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालक दाङको बबई गाउँपालिका-५ का २३ वर्षीय नबिन खत्री घाइते भएका हुन्। नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उनको उपचार भइरहेको छ।
शमसेरगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको रा. १ ख ८०९ नम्बरको टिपरले बिपरित दिशाबाट जाँदै गरेको ००१ ब १५५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले नियन्त्रणमा लिएको छ।
धनुषाको सबैला नगरपालिका-१० सिम्रडिमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्री बालक गम्भीर घाइते भएका छन्। स्थानीय १० वर्षीय राहुल कापड घाइते भएका हुन्। घाइते उनलाई उपचारका लागी जनकपुर पठाइएको छ।
बिरेन्द्र बजारबाट मैनाथपुरतर्फ जाँदै गरेको ज ८ प ५५१३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको हो। मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।कैलालीको बर्दगोरिया गाउँपालिका-४ निमाबोजीमा हिजो साँझ बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। एकजना भने घाइते भएका छन्।

">