‘मर्निङवाक्’मा निस्केका दुई जनालाई ठक्कर दिने पिकअप फेला, चालक फरार

काठमाडौं। ललितपुर प्रहरीले ‘मर्निङवाक्’ मा निस्केका दुई जनालाई ठक्कर दिएर फरार पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले कालोपुलबाट नियन्त्रणमा लिएको बताए।

बा १२ च ४२२८ नम्बरको उक्त पिकअपले ललितपुरकै बालकुमारी पुलमुनि ‘बिहानी हिँडाइ’ मा निस्केका बाबुकाजी महर्जन र भाटलाल महर्जनलाई ठक्कर दिएको थियो।

ठक्करपछि बाबुकाजीको मृत्यु भएको एसएसपी राईले बताए। उनका अनुसार ठक्करपछि पिकअप फरार थियो। चालक भने फरार छन्।