काठमाडौं। अफगानिस्तान र तालिबानबीचको सम्झौता अर्थहीन हुन पुगेको छ। हिजो तालिबान आतंककारीले सम्झौता उल्लंघन गर्दै अफगान सुरक्षाबलमाथि आक्रमण गर्दा कम्तीमा ३४ सेनाको मृत्यु भएको छ।
घाइते सुरक्षाकर्मीको संख्या अधिक रहेको र तिनको अवस्था गम्भीर भएका कारण मृत्यु हुनेको आँकडा निकै बढ्न सक्ने बताइएको छ।
तखार प्रान्तका गभर्नरका प्रवक्ता जावद हेज्रीका अनुसार तालिबान आतंककारीसँग लडाइँ जारी छ। लडाइँमा तालिबानी लडाकु थुप्रै संख्यामा मृत्यु भएको उनले दाबी गरे। तर कति संख्यामा तालिबानीको मृत्यु भएको भन्ने यकिन छैन।
अफगान सुरक्षाबल एक अपरेसनका लागि उक्त क्षेत्रतर्फ जाँदै गर्दा अचानक तालिबानीले आक्रमण गरेको बताइएको छ। तखार प्रान्तका स्वास्थ्य निर्देशक अब्दुर कयुमले यो घटनाको पुष्टि गरेका छन्। उनका अनुसार प्रहरीका उपप्रमुखसहित ३४ सुरक्षाकर्मीको मृत्यु भएका छ।
हमलाको समयमा तालिबान लडाकु उक्त क्षेत्रका घरहरुमा बसिरहेका थिए। अफगान सेनाले हमलाको कडा जवाफ दिएको बताइन्छ। थप अफगान सेनालाई समेत त्यता पठाइएको छ।
तालिबानले यस घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन। अहिले तालिबानका शीर्ष राजनीतिक नेता कतारको राजधानी दोहामा अफगान सरकारसँग शान्ति वार्ता गरिरहेको छ। वार्ता चलिहरेका बखत भएको आक्रमणले दुई पक्षबीचको संवादमा असर पर्ने सम्भावना बढेको छ।
(एजेन्सी)
" /> काठमाडौं। अफगानिस्तान र तालिबानबीचको सम्झौता अर्थहीन हुन पुगेको छ। हिजो तालिबान आतंककारीले सम्झौता उल्लंघन गर्दै अफगान सुरक्षाबलमाथि आक्रमण गर्दा कम्तीमा ३४ सेनाको मृत्यु भएको छ।घाइते सुरक्षाकर्मीको संख्या अधिक रहेको र तिनको अवस्था गम्भीर भएका कारण मृत्यु हुनेको आँकडा निकै बढ्न सक्ने बताइएको छ।

">