रेड पाण्डाको छालासहित चार जना पक्राउ <p>काठमाडौं। दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दैलेख नौमुले गाउँपालिकाका चार जनालाई प्रहरीले आज बिहान सुर्खेतबाट पक्राउ गरेको छ।</p> <p>वीरेन्द्रनगर नगरपालिकास्थित पञ्चकोशी होटलबाट नौमुलेका २६ वर्षीय मनोज विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने बाँकी तीन जनाको परिचय खुलाइएको छैन।</p> <p>उनीहरूबाट रेड पाण्डाको दुई &nbsp;थान छाला बरामद गरिएको प्रहरीले जनाएको छ।</p> <p>पञ्चकोशी होटलमा रेड पाण्डाको छालाको कारोबार भइरहेको भन्ने खबर पाएपछि गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। उनीहरूबाट चार थान मोबाइलसमेत बरामद गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्