काठमाडौं। स्याङजाको चापाकोट नगरपालिकास्थित खोलेगाउँ जंगलमा लुकाएर राखेको तीन सय क्युफिटभन्दा बढी सालको काठ प्रहरीले बरामद गरेको छ।
स्थानीयवासिन्दाले दिएको सुराकीका आधारमा प्रहरी टोलीले छापा मार्दा जंगलमा लुकाएर राखेको ३०६ क्युफिट बराबरको दुई हजार २१८ थान सालको काठ फेला पारेको थियो।
बरामद गरिएका काठ प्रहरीले सब डिभिजन वन कार्यालय चापाकोटमा बुझाएको जनाएको छ।
नेपालमा सालका रूख काट्न निषेध छ। वैधानिकरूपमा रूख काटेर काठ प्रयोग तथा बेचबिखन गर्न नपाइने भएकाले काठ तस्करहरूले सालको काठ लुकाएको हुन सक्ने प्रहरीको अनुमान छ।
" /> काठमाडौं। स्याङजाको चापाकोट नगरपालिकास्थित खोलेगाउँ जंगलमा लुकाएर राखेको तीन सय क्युफिटभन्दा बढी सालको काठ प्रहरीले बरामद गरेको छ।स्थानीयवासिन्दाले दिएको सुराकीका आधारमा प्रहरी टोलीले छापा मार्दा जंगलमा लुकाएर राखेको ३०६ क्युफिट बराबरको दुई हजार २१८ थान सालको काठ फेला पारेको थियो।

">