काठमाडौं। अवैधानिक हातहतियार, वन्यजन्तुका अंग तथा लागुऔषध गाँजासहित प्रहरीले तनहुँको बन्दीपुर गाउँपालिकास्थित जीमिरे स्वाँराका ४० वर्षीय अशोक गुरूङलाई पक्राउ गरेको छ।
हातहतियार साथमा लिएर सर्वसाधारणलाई त्रसित बनाउँदै हिँडेको भन्दै गुरुङलगायतका व्यक्तिहरूविरुद्ध इलाका प्रहरी कार्यालय बन्दीपुरमा उजुरी परेको थियो। त्यही उजुरीका आधारमा बन्दीपुर र प्रहरी कार्यालय भानु मुकाम डुम्रेको संयुक्त टोलीले उनलाई पक्राउ गरेको बताइएको छ।
प्रहरीले गुरूङको घरमा खानतलासी गर्दा एक राउन्ड गोली, दुई थान म्याग्जिनसहितको पेस्तोल, पाँच थान जंगली जनावरको छालाजस्तो देखिने वस्तु, दुई थान जनावरको सिङजस्तो देखिने वस्तु र ५० ग्राम गाँजा बरामद गरेको थियो।
" /> काठमाडौं। अवैधानिक हातहतियार, वन्यजन्तुका अंग तथा लागुऔषध गाँजासहित प्रहरीले तनहुँको बन्दीपुर गाउँपालिकास्थित जीमिरे स्वाँराका ४० वर्षीय अशोक गुरूङलाई पक्राउ गरेको छ।हातहतियार साथमा लिएर सर्वसाधारणलाई त्रसित बनाउँदै हिँडेको भन्दै गुरुङलगायतका व्यक्तिहरूविरुद्ध इलाका प्रहरी कार्यालय बन्दीपुरमा उजुरी परेको थियो। त्यही उजुरीका आधारमा बन्दीपुर र प्रहरी कार्यालय भानु मुकाम डुम्रेको संयुक्त टोलीले उनलाई पक्राउ गरेको बताइएको छ।

">