काठमाडौं। तीन लाख रूपैयाँभन्दा बढी नक्कली नोटसहित प्रहरीले चितवनको राप्ती नगरपालिकाको भण्डारास्थित चौकी डाँडाबाट एक युवकलाई पक्राउ गरेको छ।
मकवानपुरको राक्सीराङ गाउँपालिका निवासी २६ वर्षीय जीतबहादुर लोप्चनलाई एक हजार दरका ३१९ थाननक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भण्डाराको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा खानतलासी गर्दा लोप्चनको घरको मकैको कुन्युबाट उक्त नक्कली नोट फेला पारेको थियो। नक्कली नोटको कारोबारमा संलग्न लोप्चनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ।
प्रहरीले चाडवाडका बेला यस्ता खाले अपराध बढ्न सक्ने सम्भावनाका आधारमा विशेष सतर्कता अपनाएको जनाएको छ। अनुसन्धानले नक्कली नोटको कारोबारमा संलग्न ठूलै गिरोहको पर्दाफास हुन सक्ने प्रहरीले अपेक्षा गरेको छ।
" /> काठमाडौं। तीन लाख रूपैयाँभन्दा बढी नक्कली नोटसहित प्रहरीले चितवनको राप्ती नगरपालिकाको भण्डारास्थित चौकी डाँडाबाट एक युवकलाई पक्राउ गरेको छ।मकवानपुरको राक्सीराङ गाउँपालिका निवासी २६ वर्षीय जीतबहादुर लोप्चनलाई एक हजार दरका ३१९ थाननक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

">