काठमाडौं। नेपाल प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न १० जनालाई देशका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
मकवानपुरबाट पाँच, कपिलवस्तुबाट तीन तथा सर्लाहीबाट दुई जना लागुऔषधसहित पक्राउ परेका हुन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित चुरियामाईबाट २७५ ट्याबलेट नाइट्रोभेट र १० बोटल उइनसिरेक्ससहित प्रहरीले हेटौँडाका ४० वर्षीय सीताराम लामिछाने र ३९ वर्षका दिनेश भण्डारीलाई पक्राउ गरेको छ। वीरगञ्जबाट हेटौँडा आउँदै गरेको मोटरसाइकल जाँच गर्दा उनीहरू लागुऔषधसहित पक्राउ परेको जनाइएको छ।
त्यस्तै हेटौँडाको हटिया बस्ने २७ वर्षका दिपेश भुजेल, राप्तीरोड बस्ने २६ वर्षका एलिस श्रेष्ठ र गौरीटारकी २३ वर्षीया नम्रता चौलागाई लागुऔषधसहित पक्राउ परेका छन्।
प्रहरीले जनाएअनुसार भुजेलबाट ९५ पिस नाइट्रोभेट, श्रेष्ठबाट १३ एमपुल डाइजेपाम, १६ एम्पुल फनारागन, १५ एम्पुल नुर्फिन र चौलागाईंको साथबाट ७५ पिस नाइट्राभेट बरामद गरिएको थियो।
त्यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित लिंकगेटबाट तीन किलो अफिमजस्तै वस्तुसहित ३५ वर्षीय लालबहादुर खत्री पक्राउ परेका थिए। भारततर्फ पैदल जाँदै गरेका उनको झोलाबाट सुरक्षा जाँचका क्रममा उक्त लागुऔषध फेला परेको थियो।
यसैगरी कृष्णनगरकै कुकुरभरूवाबाट २५ नाइट्राजेपाम ट्याबलेटसहित दाङ घोराहीका २९ वर्षीय विजय बानिया र २१ वर्षीय आकाश गुप्ता पक्राउ परेका छन्। उनीहरूलाई भारतबाट नाइट्राजेपाम नेपाल ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सर्लाहीको लालबन्दी नगरपालिकास्थित बागवानीबाट १५ किलो गाँजा र तरवारसहित हरिवन नगरपालिकाका २० वर्षीय श्रवण महतो र १९ वर्षका बद्री महतोलाई प्रहरीले पक्राउ गरेको छ।
" /> काठमाडौं। नेपाल प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न १० जनालाई देशका विभिन्न स्थानबाट पक्राउ गरेको छ।मकवानपुरबाट पाँच, कपिलवस्तुबाट तीन तथा सर्लाहीबाट दुई जना लागुऔषधसहित पक्राउ परेका हुन्।

">