काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहारका आधारमा छवि स्थापित हुने बताउँदै दुरूस्त व्यवहार गर्न सहकर्मीहरुलाई आह्वान गरेका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठानमा बुधबार भएको ‘पोस्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स’को दीक्षान्त समारोहमा महानिरीक्षक क्षेत्रीले ड्युटीमा खटिने प्रहरी कर्मचारीले पूरा संगठनको प्रतिनिधित्व गर्ने बताउँदै संस्थागत व्यवहारप्रति संवेदनशील रहन निर्देशन दिए।
“आमनागरिकले प्रहरीमा राष्ट्र देख्छ। त्यसकारण निःसहाय नागरिक प्रहरीसमक्ष न्याय र सहयोगका लागि आउने गर्छन्। त्यस्ता नागरिकसँग प्रहरीको व्यवहार दुरूस्त हुनुपर्छ,” महानिरीक्षक क्षेत्रीले निर्देशन दिए, “दीक्षित हुने प्रशिक्षार्थीहरूले असल, जनताले रूचाइएका, निष्पक्ष, प्रविधिमैत्री एवं जनउत्तरदायी प्रहरीको रूपमा आफूलाई प्रस्तुत गर्नुहोला।”
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोस्ट ग्रेजुएट इन डिप्लोमा कार्यक्रम २०७६ वैशाखबाट सुरू भएको थियो। उक्त कार्यक्रमबाट आठ महिलासहित १०८ प्रहरी निरीक्षकहरू दीक्षित भएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहारका आधारमा छवि स्थापित हुने बताउँदै दुरूस्त व्यवहार गर्न सहकर्मीहरुलाई आह्वान गरेका छन्।राष्ट्रिय प्रहरी प्रतिष्ठानमा बुधबार भएको ‘पोस्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स’को दीक्षान्त समारोहमा महानिरीक्षक क्षेत्रीले ड्युटीमा खटिने प्रहरी कर्मचारीले पूरा संगठनको प्रतिनिधित्व गर्ने बताउँदै संस्थागत व्यवहारप्रति संवेदनशील रहन निर्देशन दिए।

">