कैलाली। हत्या गरिएको अवस्थामा भेटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ।
साउदको अछामको कैलाश खोलामा शोक सलामीसहित अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।
अछामका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका थिए।
गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विकसँगै बेपत्ता भएका प्रहरी जवान साउदको शव मंगलबार मोहना नदीमा गाडेको अवस्थामा फेला परेका थियो।
दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सात जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो।
" /> कैलाली। हत्या गरिएको अवस्थामा भेटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ।साउदको अछामको कैलाश खोलामा शोक सलामीसहित अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।

">