भोजपुर। टेम्केमैयुङ गाउँपालिकाले हावाहुरीपीडितलाई राहत वितरण गरेको छ।
हावाहुरीले मकैबाली नष्ट भएपछि उत्पादनमा ह्रास आएका वडा नम्बर १ सुम्लिखा, खम्बुखा र सावा पाङखाङका १७० कृषक परिवारलाई चामल वितरण गरिएको हो।
गाउँपालिकाले प्रत्येक परिवारलाई ५० किलोका दरले चामल वितरण गरेको छ। सो क्षेत्रमा कृषकको आम्दानीको मूख्य स्रोत मकै नै हो।
फल लाग्ने बेलामा आएको हावाहुरीले सम्पूर्ण मकैबाली नष्ट भएको थियो। पीडितका लागि गाउँपालिकाले पाँच लाख लागतमा २४४ बोरा चामल खरिद गरेर राहतस्वरूप वितरण गरेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष धुर्वराज राईले जानकारी दिए। रासस
" /> भोजपुर। टेम्केमैयुङ गाउँपालिकाले हावाहुरीपीडितलाई राहत वितरण गरेको छ।हावाहुरीले मकैबाली नष्ट भएपछि उत्पादनमा ह्रास आएका वडा नम्बर १ सुम्लिखा, खम्बुखा र सावा पाङखाङका १७० कृषक परिवारलाई चामल वितरण गरिएको हो।

">