काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका बिभिन्न स्थानमा भएका २९ वटा सवारी दुर्घटनामा २६ जना घाइते भएका छन्।
गएको २४ घण्टामा काठमाडौं उपत्यकामा २६ ओटा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–७ मा गएराती मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते भएका छन्। बबरगञ्जबाट बयलबासतर्फ जादैँ गरेको स ८ प ८८५५ नम्बरको मोटरसाइकल गएराती पौने ९ बजे आफै अनियन्त्रित भई पल्टिएको हो।
घाइते भएका मोटरसाइकल चालक धनुषाको सिहरजोडाका ३८ वर्षीय प्रदिप यादव र पछाडी सवार सर्लाहीको चन्द्रपुर गाउपालिका-३ का २४ वर्षीय रामध्यान यादवलाई उपचारका लागी जनकपुर पठाइएको छ। घाइते मध्ये चालकको अवस्था भने गम्भीर रहेको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।
उदयपुरको बेलका नगरपालिका-२ बनडाँडामा हिजो बेलुकीको स्कुटर दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्। सप्तरीको सप्तकोशी नगरपालिका-१ का ३० वर्षीय मुकु राई घाइते भएका हुन्। घाइतेलाई उपचारका लागी विराटनगर तर्फ पठाइएको छ।
बानडाँडाबाट फत्तेपुरतर्फ जाँदै गरेको को १८ प ५८८० नम्बरको स्कुटर हिजो बेलुकी ८ बजे आफै अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी भागलपुरले जनाएको छ।
बाँकेको जानकी गाउँपालिका-३ रमुवापुरमा गएराती ट्याक्टर पल्टिएर दुर्घटना हुंदा २ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ। चालक अन्दाजी ४० बर्षिय गड्डे पासी गम्भिर घाइते भएका हुन्।
नर्सिंङहोम नेपालगंजमा घाइते दुवैको उपचार भइरहेको छ। गएराती ९ बजे खजुराबाट धान लोड गरेर रमुवापुर तर्फ आउँदै गरेको भे १ त ५४२४ नम्वरको ट्याक्टर पल्टिएको हो।
" /> काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका बिभिन्न स्थानमा भएका २९ वटा सवारी दुर्घटनामा २६ जना घाइते भएका छन्।गएको २४ घण्टामा काठमाडौं उपत्यकामा २६ ओटा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

">