फाइल फोटो।
१५ किलो गाँजासहित दुई  पक्राउ
सर्लाही। लागुऔषध गाँजासहित  सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

लालबन्दी नगरपालिका-१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २-०-३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ४:३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ गरेको हो।

डाबरीबाट जंगलको बाटो हुँदै बागवानी आएपछि उनीहरुलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता  मदन कुँवरले जानकारी दिए।

प्रहरीले उनीहरुका साथबाट दुई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्