कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन्।

मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ। मोबाइलको नेटवर्कसँगै इन्टरनेटसमेत नचल्दा वडा कार्यालयका कामकारवाहीसमेत प्रभावित हुँदै आएका छन्। “कार्यालय कक्षभित्र मोबाइलको नेटवर्कले टिप्दैन”, वडासचिव चन्द्र चौधरीले भने, “मोबाइलमा अत्यन्त जरुरी कुराकानी गर्नकै लागि कार्यालयभन्दा टाढा पुग्नु पर्दछ। मोबाइल नेटवर्कले काम नगरे इन्टरनेट चल्ने कुरै छैन।”

वडामा भएका महत्त्वपूर्ण निर्णय नगरपालिकामा इमेलमार्फत पठाउन टाढाको गाउँमा पुगेर निजी खर्चमै मोबाइलको हस्पटबाट इन्टरनेट चलाएर पठाउँदै आएको उनले बताए। नगरपालिकाले पठाएका तत्कालै पाउनुपर्ने सूचनासमेत इन्टरनेट र मोबाइल नेटवर्क नहुँदा पाउन निकै गाह्रो भएको उनको भनाइ छ। “वायरलेस सिस्टमको इन्टरनेट वडा कार्यालयमा गत वर्ष जोडेका थियौँ”, वडा सदस्य लालबहादुर महराले भने, “काम नै नगरेपछि बन्द अवस्थामा रहेको छ।” आधुनिक युगमा समेत इन्टरनेट र मोबाइल सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई तत्काल मोबाइल टावरको व्यवस्था गर्न आग्रहसमेत गरिएको बताए।

नेपाल टेलिकमको नेटवर्कले टिप्दैन सोही वडाका स्थानीय बेलडाँडीका सुरतबहादुर साउदले भने, “एनसेललगायतका अन्य निजी कम्पनीका मोबाइल कम्पनीका नेटवर्टकले कहिले टिप्ने कहिले नटिप्ने गर्दछ। फोन नलाग्ने गरेकै कारण निकै सास्ती खेप्नुपरेको छ।”

बेलडाँडी, पिल्लरी, पारिफाँटा दोमिल्ला, पहरिया र निगालीलगायतका स्थानीवासीलाई मोबाइल नेटवर्कले काम नगर्ने भएपछि महत्वपूर्ण सूचनाआदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ।

नेपाल टेलिकमले सुन्दरीफाँटामा टावर बनाउन थालेको झण्डै एक वर्ष नै हुन आँटे पनि टावर निर्माणको कार्य पूरा हुनसकेको छैन। सो टावर निर्माण भएपछि मोबाइल सेवा सञ्चालन हुनेमा आशावादी भए पनि निर्माण कहिले पूरा हुने भने टुङ्गो छैन। “मोबाइल सेवा सहजरूपमा कहिलेदेखि सञ्चालन होला भन्ने बाटो कुरेर बसेका छौँ”, रामबहादुर साउदले भने, “मोबाइल राम्ररी टिप्ने भए हुन्थ्यो। इन्टरनेट सेवाको कल्पनासमेत अहिले गरेका छैनौँ।”

सबैका घरघरमा मोबाइल सेट छन्। फोन गर्नकै लागि टाढाको कलुवापुर र अमरपुरलगायत क्षेत्रमा पुगेर फोन गर्नुपर्ने स्थानीय बासिन्दालाई बाध्यता छ। पाँच गाउँका झण्डै दुई हजार बढी बासिन्दासम्म सञ्चार सेवा पुग्न सकेको छैन।

असुरक्षित पानी पिउन बाध्य

शुक्लाफाँटा नगरपालिका-८ चुरेफेदीको पारिफाँटामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य छन्।

उनीहरु वर्षौदेखि आर्सेनिक र आइरनयुक्त ह्याण्डपम्पको पानी पिउँदै आएका छन्। खानेपानीका लागि अर्को विकल्प नहुँदा असुरक्षित पानी वर्षौँदेखि प्रयोग गर्दै आएको वडा सदस्य लालबहादुर महराले बताए। “सेतो कपडा लगाउनै हुँदैन”, उनले भने, “ह्याण्डपम्पको पानीमा सेतो कपडा दुई/तीनपटक धुँदा पूरै पहेँलो हुन्छ, भाँडाकुडासमेत पहेँलो हुने गरेको छ।”

ह्याण्डपम्पको पानी गन्हाउनेसमेत गरेको छ। अधिकांश बासिन्दाले तीन किलोमिटर टाढाको फुलेली गाउँको अटोजन बोरिङबाट खानेपानी बोकेर ल्याउने गरेका छन्। खानेपानीको अर्को विकल्प नहँुदा असुरक्षित पानी नै प्रयोगमा ल्याउने गरिएको स्थानीयवासी अकवर धामीले बताए। “माथि सतहको पानी पिउन योग्य छैन”, उनले भने, “आर्थिक अभावका कारण यहाँका बासिन्दालाई धेरै गहिरो ह्याण्डपम्प गाड्न सक्ने अवस्था छैन्।”

गहिरो ह्याण्डपम्प गाड्नका लागि रु एक लाख बढी खर्च लाग्ने गर्दछ। अधिकांश बासिन्दाको आयस्तर न्यून रहेका कारणले सुरक्षित खानेपानीका लागि ह्याण्डपम्प गाड्न नसकेको स्थानीयवासीको भनाइ छ।

“वडा कार्यालयमा गाडिएको ह्याण्डपम्पको पानी पिउन योग्य छैन”, वडा सचिव चन्द्र चौधरीले भने, “टाढाबाट बोकेर ल्याएको पानी पिउनका लागि प्रयोगमा ल्याउने गरेका छौँ। पानी बोकेर नल्याएको अवस्थमा पानी नपिएरै बस्नुपर्ने अवस्था छ।”

“केही दिन जारको पानी पिउनका लागि प्रयोग गर्‍यौँ। हाल वडा कार्यालयसँग पानी खरिद गर्ने बजेट नहुँदा स्वच्छ र स्वस्थ्य पानी पिउन पाएका छैनौँ”, उनले भने, “चालू आवमा वडा कार्यालय परिसरमा अटोजन नल्का गाड्नका लागि रु ७० हजार बजेट विनियोजन गरिएको छ। त्यसबाटै नल्का गाडेर कार्यालयका कर्मचारी र सेवाग्राहीलाई खानेपानी उपलब्ध गराउने योजना छ।”

स्थानीयवासीले तत्काल खानेपानीको योजना अगाडि बढाउन माग गरेका छन्। पारिफाँटामा मात्रै ३०० बढी परिवारको बसोबास छ।

रासस

" /> कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन्।

"> चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित: Dekhapadhi
चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित

प्रतिक्रिया दिनुहोस्