काठमाडौं। संसारका शक्तिशाली देशहरूको सूची हिजो सार्वजनिक भएको छ। सिड्नीस्थित लोवी इन्स्टिच्युटले हरेक वर्षजस्तै यस पटक पनि ‘पावर इन्डेक्स २०२०’ जारी गरेको हो।
इन्डेक्सले यस पटक पनि संसारको शक्तिशाली देशको शीर्ष स्थानमा अमेरिकालाई नै राखेको छ। सुपर पावरको दोस्रो स्थानमा भने उत्तरी छिमेकी चीन परेको छ।
पावर इन्डेक्समा भारत तल झरेको छ। २०१९ मा भारतको स्कोर ४१ थियो। अहिले त्यो घटेर ३९.७ मा पुगेको छ। यो इन्डेक्सका जुन देशको स्कोर ४० या त्योभन्दा बढी छ त्यसलाई दुनियाँको शक्तिशाली देश मानिन्छ। अघिल्लो वर्ष शक्तिशाली बनेको छिमेकी यस पटक घटुवामा परेको हो।
रिपोर्टमा इन्डो-प्यासिफिकका सबै देशमध्ये भारत कोरोना महामारीका कारण विकास क्षमता गुमाएको देश भनिएको छ। भारत एसियाको दोस्रो ठूलो जनसंख्या भएको देश हो।
भारत र अर्को हाम्रो छिमेकी चीनमा पनि जनसंख्या विशाल छ। यी दुई देशको आवादी लगभग बराबर छ। अनुमान के गरिँदै छ भने, केही वर्षमा भारतले जनसंख्यामा चीनलाई उछिन्ने छ।
चीनले कोरोना भाइरसमाथि निकै चाँडो नियन्त्रण गर्न सक्यो र आफ्नो अर्थव्यवस्थामा धेरै असर पर्न दिएन। भारतले अझै पनि महामारीको ठूलो असर भोगिरहेको छ। आर्थिक गतिविधि अझै लयमा फर्किएको छैन।
पावर इन्डेक्सले के पनि भनेको छ भने, दुई देशबीच शक्ति असमानता ह्वात्तै बढको छ। यो दशकको अन्त्यसम्म भारत चीनको कुल आर्थिक उत्पादनको केवल ४० प्रतिशतसम्म मात्रै पुग्ने छ। २०१९ को पूर्वानुमानमा यो ५० प्रतिशत हुने अपेक्षा गरिएको थियो।
शक्तिशाली बन्ने दौडमा सामेल हुन कुन देशले नचाहला र! भारतले सधैं चीनलाई उछिन्ने दाउ खोजिरहेको छ। तर, अहिले भारतीय नागरिकको खरिद गर्ने क्षमतामा समेत नकारात्मक असर परेको रिपार्टमा बताइएको छ।
एसियामा भारतको कूटनीतिक प्रभाव राम्रो रहेको रिपार्टमा उल्लेख छ। भारतको राजनीतिक प्रभाव दक्षिण कोरिया, रुस तथा अमेरिकापछि चौथो नम्बरमा परेको छ।
कसरी नापिन्छ शक्ति ?
अस्ट्रेलियाको लोवी इन्स्टिच्युटले हरेक वर्ष संसारका प्रमुख देशहरुको आर्थिक क्षमता, सैन्य क्षमता, आन्तरिक स्थिति, भविष्यको योजना, अर्को देशसँग आर्थिक सम्बन्ध, सुरक्षा संयन्त्र, राजनीतिक तथा कूटनीतिक र सांस्कृतिक प्रभावको अध्ययन गरेर सूची तयार पार्छ।
यो वर्ष तीव्र गतिमा माथि उक्लने देशमा भियतनाम पहिलो नम्बरमा परेको छ। यसरी छिटो विकास गर्नेमा दोस्रोमा अस्ट्रेलिया छ भने तेस्रोमा ताइवान परेको छ।
" /> काठमाडौं। संसारका शक्तिशाली देशहरूको सूची हिजो सार्वजनिक भएको छ। सिड्नीस्थित लोवी इन्स्टिच्युटले हरेक वर्षजस्तै यस पटक पनि ‘पावर इन्डेक्स २०२०’ जारी गरेको हो।इन्डेक्सले यस पटक पनि संसारको शक्तिशाली देशको शीर्ष स्थानमा अमेरिकालाई नै राखेको छ। सुपर पावरको दोस्रो स्थानमा भने उत्तरी छिमेकी चीन परेको छ।

">