म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका-७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन गरिएको छ ।
पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरूको स्थायी बसोबासका लागि घर निर्माण गर्न जग्गा पहिचान गरिएको हो।
गत असार २५ र २६ गतेको पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ वटा घर भत्किएको थियो। पहिरोमा परी आठजनाको मृत्यु र एकजना बेपत्ता भएका थिए।
घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारको घर निर्माणका लागि पाँच रोपनी जग्गा पहिचान गरिएको वडाध्यक्ष रेशम जुग्जालीले बताए। ।
बिमको तल्लोगाउँस्थित हिराजित स्मृति युवा क्लबको खेलमैदान परिसरमा विस्थापितको घर बनाउन २० लाखमा जग्गा खरिद गर्ने तयारी भएको छ।
“स्वदेश तथा विदेशमा भएका बिमवासीहरुको पहलमा सङ्कलित रकमबाट जग्गा खरिद गरेर दसैँलगत्तै घर निर्माण सुरू गर्ने योजनामा छौँ”, वडाध्यक्ष जुग्जालीले जानकारी दिए
घरबास गुमाएकाहरुलाई विदेश र शहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ। पहिरोबाट क्षतिग्रस्त दरवाङ-खारा-बिम तल्लोगाउँ जोड्ने सडक ५८ लाखमा मर्मत भइसकेको छ।
वडा कार्यालय रहेको तल्लोगाउँबाट बाइन्दफाँट हँदै मालिका जोड्ने सडक पनि पालिकाले विनियोजन गरेको २५ लाख बजेटबाट मर्मत भइरहेको छ। रासस
" /> म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका-७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन गरिएको छ ।पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरूको स्थायी बसोबासका लागि घर निर्माण गर्न जग्गा पहिचान गरिएको हो।

">