काठमाडौं। यतिबेला आर्ट ग्यालरीहरू सुनसान छन्। दिनहुँ नयाँ-नयाँ आर्ट एक्जिबेशन चलिरहने ग्यालरीमा यतिबेला ताला लागेका छन्। तर, पनि आर्टिष्टहरूले आफ्नो काम भने जारी राखेका छन्।
उनीहरूले बनाएको आर्ट प्रदर्शनीमा राख्नका लागि भर्चुअल एक्जिबेशन गर्न थालिएको छ। क्लासिक आर्ट ग्यालरीले भर्चुअल आर्ट एक्जिबेशन गरेको छ। जसमा आर्टिष्ट तीर्थ निरौलाको सोलो एक्जिबेशन राखिएको छ।
उनको यो ११ औं सोलो एक्जिबेशन हो। यसअघि उनले १० वटा सोलो एक्जिबेशन नेपाल, भारत, कोरियालगायतका देशमा गरिसकेका छन्।
“कोरोना महामारीका कारण भर्चुअलमार्फत प्रदर्शनीमा राखिएका छन्। महामारीको समयमा बनाएर र पहिलाका गरी दुवै खालका पेन्टिङ छन्”, आर्टिष्ट निरौलाले भने।

उनी विशेषगरी गणेश, नारी तथा प्रकृतिहरूसँग सम्बन्धित भएर पेन्टिङ गर्दै आएका छन्। उनको पेन्टिङ शैली फरक छ।
“मेरो पेन्टिङमा छुट्टै मौलिकता छ। निजी शैली विकास गरेको छु। अर्ध अमुर्त शैली हो। आधुनिक कलाअन्तर्ग रहेर अर्ध अमूर्त शैलीको कलाको विकास गरिरहेको छु”, उनले भने।
साढे तीन दशकदेखि निरन्तर पेन्टिङ गर्दै आएका उनले कोरोना महामारीको समयमा दुई दर्जनभन्दा बढी चित्र बनाइसकेका छन्।
सोलो एक्जिबेशनमा सन्देश
सोलो एक्जिबेशनमा ‘पृथक’ नाम दिइएको छ। “यो आर्टले खासमा लकडाउन तथा कोरोना महामारीको अवस्थामा आर्टिस्टहरूलाई आफ्नो कला प्रस्तुत गर्ने राम्रो मौका मिल्यो। त्यसक्रममा बनेका कामहरू पनि छन्”, उनी भन्छन्।
गणेश, नारीका मनोभावनाका कुराहरू, नारी स्वतन्त्रताका कुराहरू समेत उनको पेन्टिङमा छन्। “मैले दिनप्रतिदिन बढिरहेको बलात्कारका घटनामा केन्द्रित भएर नारी स्वतन्त्रताका आर्ट तयार पारिएको छ”, उनले भने।
त्यस्तै नारी र नेचर भनेर तुलना गर्न खोजिएको छ। जसरी प्रकृति न्यूड हुन्छ र एकदम रमाइलो देखिन्छ, त्यसरी नै नारी पनि न्यूड नैं हुन्छन भनेर देखाउन खोजिएको उनको भनाइ छ।
त्यस्तै धर्म संस्कृतिका कुरा पनि उनको आर्टमा झल्किएका छन्। सरकार-माओवादी तत्कालीन १० वर्षे युद्धकालमा बनाएका आर्टहरू पनि राखिएको छ। रिभोलुसन भनेर राखिएको आर्टमा द्वन्द्वको समयमा बनाइएको आर्ट प्रस्तुत गरिएको निरौलाले बताए।
“द्वन्द्वकालमा बिहान उठ्दा होस्, या राति सुत्दा, २४ घण्टा नै मरेको वा मारेको मात्र समाचार सुनिन्थ्यो। मन मस्तिष्कमा त्यही कुरा छाइरहन्थ्यो। त्यस्ता समाचारले मनमा प्रभाव पाथ्र्यो। र त्यहि बेला जन्मिएका मनोभावलाई नै कृतिमा परिणत गरेको थिए”, उनले भने।
कसरी भए फरक शैलीका चित्रकार ?
लामो समयदेखि चित्रकला क्षेत्रमा काम गर्दै जाँदा उनको प्रतिभा निखारिँदै गयो। यथार्थवादी काम गर्दै जाँदा आफूमा भएको मेच्युरिटी झन बलियो हुँदै गयो। जसले गर्दा बौदिकस्तर पनि वृद्धि हुँदै गयो।
“काममा पनि अझ प्रखरता देखिन थाल्यो। त्यसरी नै अर्ध अमुर्त भावनाका कुराहरू पनि बोल्नुपर्ने भएकाले मेरो कलामा त्यस्तो खालको सिर्जना भयो।” उनले भने।
.jpg)
उनको पेन्टिङले केही बोलिरहेको हुन्छ। मनोभावना व्यक्त भइरहेका हुन्छन्। उनी भन्छन्, “चित्रले के भन्न खोजेको छ, कलाकारले चित्रबाट के बोल्न खोजेको छ भन्ने कुरालाई नै मैले आफ्नो पेन्टिङमा प्रस्तुत गर्छु। मनोभाव व्यक्त गर्न पनि मैले अर्ध अमूर्त शैलीको प्रयोग गर्छु।”
लकडाउनको फाइदा
लकडाउन तथा कोरोना महामारीका कारण आर्टिष्टहरूले एकदम मजाले काम गर्न पाएको उनको भनाइ छ। उनी भन्छन्, “घरमै बसिरहँदा ढुक्क भएर काम गर्ने मौका पाए। यो अवस्थामा देश विदेशमा आफ्नो कला बिक्री वितरण गर्न पाइएन्। तर, आफ्नो कलालाई झन पर्खरता दिने मौका भने मिल्यो। ”
महामारी अगाडिसम्म ग्यालरीहरूमा एक्ज्यिूबेशन गरिँदा आर्टहरूको बिक्री वितरण हुन्थ्यो। तर, महामारीका कारण त्यो काम रोकियो। जसले गर्दा कलाकारहरूले भर्चुअल प्रदर्शनीलाई अघि सारेका छन्।
“अनलाइन एक्जिबेशन गर्दा फाइदै हुन्छ। इन्टरनेटमार्फत देश विदेशमा हुने भएकाले अन्तर्राष्ट्रियस्तरमा समेत यसले राम्रो प्रभाव पार्छ। कोरोनाले गर्दा नेपालमा यसको विकास भएको हो। नत्र अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने त यो पहिलादेखि नै चलिआएको थियो”, उनले भने।
" /> काठमाडौं। यतिबेला आर्ट ग्यालरीहरू सुनसान छन्। दिनहुँ नयाँ-नयाँ आर्ट एक्जिबेशन चलिरहने ग्यालरीमा यतिबेला ताला लागेका छन्। तर, पनि आर्टिष्टहरूले आफ्नो काम भने जारी राखेका छन्।उनीहरूले बनाएको आर्ट प्रदर्शनीमा राख्नका लागि भर्चुअल एक्जिबेशन गर्न थालिएको छ। क्लासिक आर्ट ग्यालरीले भर्चुअल आर्ट एक्जिबेशन गरेको छ। जसमा आर्टिष्ट तीर्थ निरौलाको सोलो एक्जिबेशन राखिएको छ।

">