रासस–एएनआई। सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा विद्रोही अल-शबाबसँग आबद्ध कम्तीमा १८ जना लडाकूको मृत्यु भएको छ।
एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गरेको थियो।
सरकारी सेनाका कमान्डर अहमद हस्सन जियादले स्थानीय संवाददाताहरुलाई विद्रोहीहरु लुकेर बसेको भन्ने स्थानीयबासीको सूचनाका आधारमा सेनाले कारबाही गरेको जानकारी दिए।
कमान्डर जियादले विद्रोहीले शसक्त प्रतिकार गरेका भए पनि उनीहरु परास्त भएको बताए। लोअर शाबेले क्षेत्रमा विद्रोहीका युद्धकार्य कमान्डर सिडो नुरे अबु मुहसिन पनि मारिएको उनले जानकारी दिए।
हालैका महिनाहरुमा सोमालियाको सरकारी फौजले मध्य र दक्षिणी क्षेत्रमा अल–शबाब विद्रोही समूह विरुद्ध आक्रामक कारबाही गरिरहेको छ।
ग्रामीण क्षेत्रमा पकड बनाएका विद्रोहीहरुले सेनालाई लक्षित गरी बाटाहरुमा बारुदी सुरुङ बिछ्याउने र विद्युतीय धराप राख्ने गरेको सेनाले जनाएको छ।
" /> रासस–एएनआई। सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा विद्रोही अल-शबाबसँग आबद्ध कम्तीमा १८ जना लडाकूको मृत्यु भएको छ।एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गरेको थियो।

">