काठमाडौँ। सैनिक मुख्यालय जङ्गी अड्डामा सञ्चालन भएको तीन–दिने ‘पृतनापति समन्वयात्मक बैठक’ आज सम्पन्न भएको छ।
समन्वयात्मक बैठकमा विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ–आफ्नो विभागको जिम्मेवारीसम्बन्धी विषयहरूको कार्य प्रगतिको समीक्षा गरिएको थियो। बैठकमा भर्चुअल सहभागी पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड–१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आइपर्न सक्ने सुरक्षा चुनौतीहरू एवं लिनु पर्ने कार्यनीतिहरू सम्बन्धमा सुझावहरूसहितको प्रस्तुति दिएका थिए।
प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त समन्वयात्मक बैठकको समापन गरेका थिए। समापन कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए। सम्मेलनमा भएको प्रस्तुतीकरण र छलफलबाट निस्किएका निचोडहरूले भविष्यका लागि महत्त्वपुर्ण मार्गदर्शन गर्ने विश्वास उनले व्यक्त गरेका थिए।
नेपाली सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालीमा आधारीत बनाउन थप बल पुर्याएको टिप्पणी प्रधानसेनापति थापाले गरेका थिए।
वर्तमान प्रवृत्तिको विश्लेषण र जाडो मौसमका कारण पनि कोभिड–१९ को महामारी बढ्दै जाने पुर्वानुमानअनुसार सबै पृतनाहरूले सम्बन्धित सरोकारवाला निकायहरूसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्नको लागि उनले निर्देशनसमेत दिएका थिए। महामारीको समयमा आफ्नो फौज र तिनका परिवारहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन, सङ्क्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र तिनको हौसला कायम राख्न÷राख्न लगाउन समेत सबैलाई निर्देशन दिएका थिए।
" /> काठमाडौँ। सैनिक मुख्यालय जङ्गी अड्डामा सञ्चालन भएको तीन–दिने ‘पृतनापति समन्वयात्मक बैठक’ आज सम्पन्न भएको छ।समन्वयात्मक बैठकमा विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ–आफ्नो विभागको जिम्मेवारीसम्बन्धी विषयहरूको कार्य प्रगतिको समीक्षा गरिएको थियो। बैठकमा भर्चुअल सहभागी पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड–१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आइपर्न सक्ने सुरक्षा चुनौतीहरू एवं लिनु पर्ने कार्यनीतिहरू सम्बन्धमा सुझावहरूसहितको प्रस्तुति दिएका थिए।

">