काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित सडकमा ना.७ त ४३४६ नम्बरको ट्याक्टर टुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
ट्याक्टर अनियन्त्रित भई बाटोबाट करिब २० फिट तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक गोकर्णेश्वर नगरपालिका-६ जम्बुडाँडा बस्ने रौतहट घर भएका २५ वर्षीय कनही साह सुनारको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
धनुषाको नगराईन नगरपालिका-५ गंगुलीस्थित सडकमा बीआर ३२ एबी ४१८३ नम्बरको मोटरसाइकलले कुकुरलाई ठक्कर दिई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएका ४० वर्षीय शंकर महराको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको रामजानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-४ हरैयाचोकमा प्रदेश २-०२-०२ प १८०८ नम्बरको मोटरसाइकल र बा.३३ प २४१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
उक्त दुर्घटनमा गम्भीर घाइत भएका बा.३३ प २४१० नम्बरको मोटरसाइकल चालक सिरहा, सिरहा नगरपालिका-९ बस्ने ४५ वर्षीय महेन्द्र यादवको जानकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका प्रदेश २-०२-००२ प १८०८ नम्बरको मोटरसाइकल चालक धनुषाधाम नगरपालिका बस्ने ३० वर्षीय अरुण कुमार मण्डलको सोही मेडिकलमा उपचार भईरहेको छ।
प्युठानको माण्डबी गाउँपालिका-२ गोलबाङस्थित सडकमा ना.४ ख ५५६१ नम्बरको बस अनियन्त्रित भई बाटोबाट करिब ७० मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा बस चालक ४० वर्षीय तारा रानाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अन्य ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ। दुर्घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित सडकमा ना.७ त ४३४६ नम्बरको ट्याक्टर टुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।ट्याक्टर अनियन्त्रित भई बाटोबाट करिब २० फिट तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक गोकर्णेश्वर नगरपालिका-६ जम्बुडाँडा बस्ने रौतहट घर भएका २५ वर्षीय कनही साह सुनारको मृत्यु भएको हो।

">