काठमाडौं । अपहरणमा परेकी ८ वर्षीया बालिकालाई प्रहरीले उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले गुड्डी साहकी ८ वर्षीया छोरी अनुखा साहको उद्धार गरेको हो।
ललितपुर महानगरपालिका–२९ को हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारी बालिकालाई सोमबार राति १०ः१५ बजे उद्धार गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ।
सोमबार साँझ साढे ७ बजेको समयमा कोठाभन्दा बाहिर खेलिरहँदा बालिका अपहरणमा परेकी थिइन्। साइकल चढी आएका नचिनेका मानिसहरूले साइकलमा राखी लगेको भनी महानगरीय प्रहरी वृत्त सातदोबाटोमा मौखिक रूपमा उजुरी परेको थियो।
यसलगत्तै वृत्तबाट प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले बालिका अपहरणमा परेको तीन घण्टा नै नभई उद्धार गर्न सफल भएको ललितपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए।
प्रहरीले अपहरणमा संलग्न आरोपमा तीन जनालाई पक्राउ पनि गरेको छ।
पक्राउ पर्नेहरूमा सर्लाहीको हरिवन नगरपालिका–८ बाँसटोल घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धि बस्ने वर्ष ३० को राजु कार्की, सोही ठाउँ बस्ने काभ्रेको नमोबुद्ध नगरपालिका–८ बुझाकोटकी वर्ष २३ की सीता परियार र धनुषाको धारापानी गाउँपालिका–२ की ४० वर्षीय कृष्ण तोलामी रहेका छन्।
डीएसपी तामाङ पक्राउ परेकामध्येका कार्की बालिका अपहरणको मुख्य योजनाकार भएको खुलेको बताएका छन्। प्रहरीले एउटा साइकल पनि बरामद गरेको छ।
अपहरणमा परेर उद्धार गरिएका बालिका अनुखा साहको परिवार ललितपुरकै महालक्ष्मी नगरपालिका–४ को मनकामना चोकमा बस्दै आएका छन्। साह परिवार बाराको सिम्रौनगढ नगरपालिका–१ का स्थायी वासी हो।
" /> काठमाडौं । अपहरणमा परेकी ८ वर्षीया बालिकालाई प्रहरीले उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले गुड्डी साहकी ८ वर्षीया छोरी अनुखा साहको उद्धार गरेको हो।ललितपुर महानगरपालिका–२९ को हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारी बालिकालाई सोमबार राति १०ः१५ बजे उद्धार गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ।

">