एजेन्सी। छोटो भिडिओ सेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ।
पूर्ण रूपमा प्रतिवन्ध लगाइको दश दिनपछि केही प्रतिवन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो।
पाकिस्तानका सरकारी अधिकारीहरुले सोमबारदेखि पुरानो निर्णयलाई संशोधन गरिएको जानकारी दिएका छन्।
पाकिस्तानी दूरसञ्चार प्राधिकरणले सांस्कृतिक र परम्परागत संस्कारलाई नकारात्मक असर पारेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
मुस्लीम बहुल मुलुकमा प्रचलनमा रहेका सामाजिक मुल्य मान्यताको उल्लङ्घन भएको र मुस्लीम संस्कृतिमा नसुहाउने गतिविधिहरु टिकटकमार्फत् भएको भन्दै प्राधिकरणमा उजुरी पनि परेको प्राधिकरणले जनाएको थियो।
प्राधिकरणमा परेको उजुरी, विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव तथा दवावका कारण पाकिस्तान सरकारले यही अक्टोबर ९ तारिखदेखि पाकिस्तानमा टिकटक प्रतिवन्ध लगाएको थियो।
तर अहिले भने सांस्कृतिक रुपमा असर नपार्ने र उछृङ्खल नहुने किसिमका भिडियोहरु भने सेयर गर्न पाउने गरी केही खुकुलो बनाइएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ।
टिकटक प्रतिवन्ध लगाउने सरकारको निर्णयका बारेमा संसदमा कुरा उठेर छलफल हुँदा केही प्रतिवन्धात्मक व्यवस्था सहित खुकुलो बनाउनु उपयुक्त हुने सुझाव आएपछि खुकुलो बनाउने निर्णय भएको समाचारमा जनाइएको छ।
" /> एजेन्सी। छोटो भिडिओ सेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ।पूर्ण रूपमा प्रतिवन्ध लगाइको दश दिनपछि केही प्रतिवन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो।

">