काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-७ रुद्रपुरस्थित खेत जोत्ने क्रममा लु. अ ज ४३६ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने बर्खु यादवको १० वर्षीय छोरा विजय यादवको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित सडकमा प्रदेश ३-०३००२ प ४२५६ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-४ बस्ने ३० वर्षीय मुन्ना जैसवालको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पर्सा रंगपुर गाउँपालिका-७ बस्ने २० वर्षीय उमाकान्त सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ डाईभर टोलस्थित सडकमा लु.५४ प ४७१७ नम्बरको स्कुटर र लु.३३ प ४९४७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिद्धार्थ नगरपालिका-३ बस्ने २८ वर्षीय सुदिप घिमिरेको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौं महानगरपालिका-२६ स्थित सडकमा बा.७५ प ३४४० नम्बरको स्कुटर अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा स्कुटरमा सवार हाल पहिचान नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने धनुषा एकभूमि नगरपालिका-७ घर भएका २४ वर्षीय सुसन राईको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-७ रुद्रपुरस्थित खेत जोत्ने क्रममा लु. अ ज ४३६ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने बर्खु यादवको १० वर्षीय छोरा विजय यादवको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित सडकमा प्रदेश ३-०३००२ प ४२५६ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-४ बस्ने ३० वर्षीय मुन्ना जैसवालको मृत्यु भएको छ।

">