२८ बण्डल पटका बरामद
<p>काठमाडौं। झापामा २८ बण्डल पटका प्रहरीले बरामद गरेको छ।</p>
<p> प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले जिल्लाकै गौरीगञ्ज गाउँपालिका वडा नम्बर–२ वीरपुरबाट उक्त परिमाणको पटक बरामद गरेको हो।</p>
<p>जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले भारतबाट नेपालतर्फ मोटरसाइकलमा पटका ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरीलाई देखेपछि पटका कारोबारी पटका छाडेर फरार भएको बताए। उनको खोजी भइरहेको छ।</p>
<p>बरामद गरिएको पटकाको मूल्य अन्दाजी ५५ हजार रूपैयाँको रहेको डीएसपी थपााले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
