काठमाडौं। सर्लाहीको लालबन्दी नगरपालिका-१, लखनदेही खोलाबाट करिब २ किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चन्द्रनगर नगरपालिका–७ बस्ने १९ वर्षीय नरेन्द्र कुमार साह र हरिपुर नगरपालिका–५ बस्ने २२ वर्षीय जितेन्द्र राम रहेका छन्।
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बीआर ०६ एडी ५४९८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त गाँजा फेला परेको थियो। त्यसपछि मोटरसाइकल चालक साह र मोटरसाइकलमा सवार रामलाई प्रहरीले पक्राउ गरेको हो।
मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित सडकबाट नियन्त्रित लागुऔषध ६२ बोतल डाईलेक्स डिसि, १८७ टयाबलेट नाईट्रोजन, २ सय ३८ पीस एसपी प्रोक्सिभन ट्याबलेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१५ रानी बस्ने ३१ वर्षीय शम्भु साह र सोही ठाउँ बस्ने ३० वर्षीय बिकि राई रहेका छन्। १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला परेको थियो।
सप्तरीको तिलाठी कोईलाडि गाउँपालिका–१ भन्सार चोकबाट ४ बोतल नियन्त्रित लागुऔषध कोरेक्ससहित राजविराज नगरपालिका–४ बस्ने ३२ वर्षीय समिर अंसारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। सर्लाहीको लालबन्दी नगरपालिका-१, लखनदेही खोलाबाट करिब २ किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा चन्द्रनगर नगरपालिका–७ बस्ने १९ वर्षीय नरेन्द्र कुमार साह र हरिपुर नगरपालिका–५ बस्ने २२ वर्षीय जितेन्द्र राम रहेका छन्।

">