चार लाख बराबरको चाँदीको गरगहना चोरी
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित भत्केपाटीमा चार लाख मूल्य बराबरको चाँदीका गहना चोरी भएको छ।

ओम नमः शिवायः सुन चाँदी पसलमा गएराति १ बजेतिर चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पसलमा रहेका चाँदीका गरगहनाहरू चोरी भएको परिसर प्रवक्ता तथा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

पसलमा प्रवेश गरी सिसा फुटाएर चोरी गरेको पाइएको र चोरीमा संलग्नलाई खोजी गरिरहेको उनले बताए।

चोरीबारे प्रहरीले बिहान मात्रै थाहा पाएको थियो। पसल भने शिवजी सुनारको हो।

प्रतिक्रिया दिनुहोस्