काठमाडौंबाट एकैदिन २३ हजारभन्दा बढी बाहिरिए
<p style="text-align: justify;">काठमाडौं। बितेको २४ घण्टामा ३९ हजार ६४० जनाले बिभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका छन्।</p>
<p style="text-align: justify;">दसैँ नजिकिदै गर्दा काठमाडौं भित्रने भन्दा बाहिरिनेको संख्या धेरै छ। </p>
<p style="text-align: justify;">ट्राफिक प्रहरीका अनुसार सोमबार विभिन्न नाका प्रयोग गरी चार हजार ५५२ सवारीसाधनमा १६ हजार ३०४ यात्रु उपत्यका भित्रिएका छन्।</p>
<p style="text-align: justify;">सोही अवधिमा चार हजार ७१९ ओटा सवारीसाधनमा २३ हजार ३३६ यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। </p>