शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ।
निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जंगल सफारी र जंल वाकका लागि निकुञ्ज खुला गरिएको जनाएको छ।
निकुञ्ज प्रवेश गर्दा अनिवार्यरूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र एकापसमा भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ।
जंगल सफारी तथा जंगल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्ने छ। निकुञ्ज कार्यालयले तोकेको रुटमा मात्र जंगल ड्राइभ र जंगल वाक गर्न पाइने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्