दार्चुला। सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका-१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ।

खाद्यान्न ढुवानी गर्न माउण्टेन एअरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ।

हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ। हेलिकोप्टरमार्फत् खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले ४५ लाख रूपैयाँ बजेट निकासा गरेको छ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीका लागि बजेट उपलब्ध गराएको हो। प्रदेश सरकारले व्यास क्षेत्रमा हेलिकोप्टरमार्फत् खाद्य सामग्री ढुवानीमा अनुदान उपलब्ध गराएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयका प्रमुख गङ्गाकुमारी मगरले जानकारी दिइन्।

पहिलो चरणमा १८० क्विन्टल खाद्यान्न ढुवानी गरिन लागेको हो। चामल, नुन, दाल, तेललगायत खाद्यान्न सामग्री ढुवानीको तयारी गरिएको बताइएको छ।

खाद्यान्नको जोहो गर्ने जिम्मा वडालाई दिइएको छ। स्थानीयवासीको मागका आधारमा वडाले छाङ्गरु र तिङ्करको लागि खाद्यान्न ढुवानी गर्न लागेको वडासचिव विनोद तिङ्करीले बताए। “आजदेखि खाद्यान्न ढुवानी गरिन्छ”, उनले भने।

दसैँअघि नै खाद्यान्न पुर्‍याउने लक्ष्यअनुसार तयारी गरिएको हो।

दुवै गाउँका सबै घरधुरीका लागि ढुवानी अनुदानमा खाद्य सामग्री हेलिकोप्टरमार्फत् पुर्‍याउन लागिएको हो। १९ असोजमा व्यास गाउँपालिकाको घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको बाटो उद्घाटन गर्न दार्चुला पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएको दाबी गरेका थिए। स्थानीयवासीले व्यासको लागि तत्काल खाद्यान्न ढुवानी गर्न पटक–पटक माग गर्दै आएका थिए।

यसअघि गत असारमा मात्रै खाद्यान्न ढुवानी गरिएको थियो। व्यासको छाङ्गरुमा ११७ घरधुरी र तिङ्करमा ७५ घरधुरीको बसोबास छ। व्यासका स्थानीयवासी आगामी मङ्सिरमा कुञ्चा अर्थात् बसाइँ सर्ने हुँदा दसैँअगावै खाद्यान्न ढुवानी गरिन लागेको हो। रासस

" /> दार्चुला। सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका-१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ।

"> छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी: Dekhapadhi
छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

प्रतिक्रिया दिनुहोस्