कास्की। कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिका-४ मा २४ असोजमा भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
लाहाचोकस्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, एक लाख ३० हजार नगद, औँठीलगायत सामान चोरी गरी फरार रहेको सूचनाका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका-२ घर भई हाल पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने ३० वर्षीय मधु थापा र लाहाचोककै ३८ वर्षीय सूर्यबहादुर घर्ती छन्।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई थापाको पोखरा-८ न्यूरोडस्थित आफ्नै डेरा कोठाबाट चोरी भएको सामानसहित फेला पारिएको जनाइएको छ ।
प्रहरीले उनीहरुको साथबाट ७७ हजार २९० बरामद गरेको र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रनाउ हमालले बताए। रासस
" /> कास्की। कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिका-४ मा २४ असोजमा भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।लाहाचोकस्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, एक लाख ३० हजार नगद, औँठीलगायत सामान चोरी गरी फरार रहेको सूचनाका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।

">