काठमाडाैं। सन् २०१९ डिसेम्बरबाट सुरु भएको थियो कोरोना कहर। कोरोना भाइरसको संक्रमण चीनको वुहानबाट युरोप हुँदै अमेरिका र छिमेकी देश भारतमा संक्रमण बढ्दै थियो।
नेपालमा पनि भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत ११ गते देशव्यापी लकडाउन घोषणा गर्यो।
लकडाउन घोषणा भएसँगै सडकहरू सुनसान भए। देशैभरि आवतजावत ठप्प भयो। मानिसहरू बाध्य भएर घरमै थुनिए। अतिआवश्यक कार्यालय बाहेक सबै प्रायः बन्द भए।
यही महामारी र भाइरसको सन्त्रासका बीच सडक विभागले एउटा सपना देख्यो- राजधानीका सडकलाई चम्काउने।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले आवश्यक काम पर्ने सहकर्मीलाई कार्यालयमा उपस्थित हुन आग्रह गरे। महामारीका बीच सडक मर्मत गर्ने, कालोपत्रे गर्ने र रंगरोगन गर्ने रणनीति बनाएर छलफलमा निस्के। सडक डिभिजन काठमाडौंका प्रमुखसँग सुनसान सडकको मौका छोपेर निरीक्षण गरे।
“पिच गर्ने काम सम्पन्न भएको सडकखण्डमा लकडाउनकै बेला ‘पेन्टिङ’ गर्ने काम गर्दा ट्राफिकलाई पनि असहज नहुने भनेर सल्लाह गर्यौं”, महानिर्देशक शर्माले देखापढीसँग भने, “एउटा मेसिन र तीनजना श्रमिक हुँदा पेन्टिङ गर्न सकिन्थ्यो, धेरै अप्ठ्यारो हुँदैनथ्यो।”
सडकसँग सम्बन्धित निकाय र मन्त्रालयका सचिव तथा मन्त्रीसँग छलफल भयो। काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर चैत १५ गतेदेखि महाराजगञ्जदेखि बालुवाटारसम्म रोड मार्किङको काम सुरू गरिएको महानिर्देशक शर्माले बताए।
काठमाडौंका विभिन्न क्षेत्रमा सडक मर्मत गर्ने, निमार्ण गर्ने, कालोपत्रे गर्ने र रंगरोगन गर्ने कामले तीव्रता पायो। लकडाउनका बीच सडकको मुहार फेरियो। विदेशकै झ-झल्को दिने सडक काठमाडौंमा बनेको भन्दै चौतर्फी प्रशंसा समेत भएको थियो।

“सडक राम्रो बन्नुको हकदार म मात्र होइन, प्रकृतिको पनि देन हो” महानिर्देशक शर्मा भन्छन्, “हामीले संकटलाई अवसरमा बदलेर काम गर्यौं, बाटोमा फूलहरू फुलेर झनै सडकलाई रमणीय बनायो।”
काठमाडौंमा सडकका काम सुरू भएजस्तै अब देशैभरि सडकका काम गर्नुपर्ने आवश्यकता महसुस भयो। अन्य जिल्लाका सडक विभागका कर्मचारीहरूसँग समन्वयमा पनि काम सुरूआत गरियो।
लकडाउनको दाेस्रो महिना वैशाखबाटै पुल निर्माणका काम पनि थालिएको शर्माको भनाइ छ। “निर्माण व्यवसायीलाई सवारी पासको व्यवस्था, मास्क र स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्ने समन्वय गरेर अधुरा पूल निर्माणमा जोड दिएका थियौं”, उनले थपे।
सडक विभागले देखापढीलाई उपलब्ध गराएको तथ्यांकअनुसार लकडाउनको अवधिमा देशैभरि ५५२ किलोमिटर कालोपत्रे गरिएको छ। ४११ किलोमिटर ग्राभेल, १३६ किलोमिटर नयाँ ट्रयाक निर्माण र ८१ वटा पुल निर्माण कार्य सम्पन्न भएको सडक विभागको तथ्यांक छ।
काठमाडौंमा मात्रै ४१ किलोमिटर सडक निर्माणको काम भएको महानिर्देशक शर्मा बताउँछन्। लकडाउनमा देशैभरि रहेका ३३ वटा डिभिजन कार्यालयहरूले काम गरेका थिए।
“म नेतृत्वमा आउँदा सडकको अवस्था लथालिङ्ग थियो भन्दिनँ। नियमित हुने कामहरू भएकै थिए,” विभागका महानिर्देशक शर्माले देखापढीसँग सम्झिँदै भने, “तर, काठमाडौं उपत्यकाका सडक विस्तारका योजना अन्तर्गतका कामहरू सहज रूपमा अगाडि बढिरहेका थिएनन्। नागढुङ्गादेखि कलंकीसम्म आउने बाटो एकदमै खराब अवस्थामा थियो।”

चावहिल-जोरपाटी र सातदोबाटो चापागाउँ सडकखण्डको बाटो पनि त्यस्तै जीर्ण थियो। घर टहरा हटाउने कुरामा पनि अदालतबाट बाधा व्यवधानका समस्याको चाङ नै थियो। उनी भन्छन्, “केही डिजाइन नै परिवर्तन गरी गर्नुपर्ने काम यथावत् थियो, कलंकी–नागढुङ्गालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुरू गर्यौं।”
किन छिट्टै उप्किन्छन् सडकहरू ?
राजधानीका धेरै जसो सडकमा कालाेपत्रे सम्पन्न भएको दुई महिना नबित्दै अलकत्रा उप्किन थाल्छन्। खाल्डाखुल्डी हुने जस्ता समस्याहरू उत्पन्न हुन थाल्छन्। यस्तो किन हुन्छ त ?
“यो सहरी सडकको समस्या हो, कालोपत्रे खराब भएर भएको चाहिँ होइन”, महानिर्देशक शर्मा भन्छन्, “सडकको मुनि खानेपानीको पाइप, विद्युतका पाइप, दूरसञ्चारका पाइपहरू र ढलहरू भएकाले सडक बिग्रिने गर्छन्।”
सडक राति खनेर पुरेका हुन्छौं, तर बिहान मानिसहरूले सडक खत्तम भो भनेर गुनासो गर्ने गरेको उनी बताउँछन्। खानेपानी र ढलका पाइपहरू लिक हुँदा पनि सडकलाई उप्काइदिने गरेको उनले बताए।
“जहाँ खानेपानी र ढलको पाइप छैन त्यहाँ सडक उप्केका छैनन्”, उनले भने, “उदाहरणका लागि कुपण्डोलदेखि सातदोबाटो जानेबाटोमा खानेपानीको पाइप नहुँदा कतै पनि उप्किएको छैन।”
थापाथलीदेखि माइतीघर हुँदै कोटेश्वर सडकखण्डमा पनि सडक उप्किएको छैन। कहिलेकाहीँ स्थानीय समस्याका कारण सडक बिग्रिने गरेको बताउँदै उनले एक वर्षसम्म सडक उप्किने समस्या हुँदा निर्माण व्यवसायीले मर्मत सम्भार गर्ने गरेको बताए।
सडकका कामहरूलाई व्यवस्थापन गर्न समन्वय समिति पनि बनाइएको उनी बताउँछन्। ती समितिले खानेपानी, विद्युत प्राधिकरण र दूरसञ्चार कार्यालयसँग समन्वय गरेर काम गर्ने गरेको उनले जानकारी दिए।
" /> काठमाडाैं। सन् २०१९ डिसेम्बरबाट सुरु भएको थियो कोरोना कहर। कोरोना भाइरसको संक्रमण चीनको वुहानबाट युरोप हुँदै अमेरिका र छिमेकी देश भारतमा संक्रमण बढ्दै थियो।नेपालमा पनि भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत ११ गते देशव्यापी लकडाउन घोषणा गर्यो।

">