चितवन मेडिकल कलेजमा हतियार भेटिएपछि चारजना सुरक्षागार्ड प्रहरी नियन्त्रणमा
काठमाडौं। चितवन मेडिकल कलेज परिसरमा हतियार भेटिएपछि प्रहरीले चारजना सुरक्षागार्डलाई नियन्त्रणमा लिएकाे छ।
कलेजको छात्रवासनजिकै टेबलटेनिस खेल्ने मैदान क्षेत्रबाट अमेरिकन पेस्तोल र त्यसमा लाग्ने गोली बरामद् गरेको प्रहरी जनाएकाे छ।
“होस्टेलका गार्डले हतियार भएको भन्ने जानकारी दिएपछि प्रहरी टोली पुगेर अनुसन्धान थालेको हो,” चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाले देखापढीसँग भने, “त्यहाँ पुगेर कानूनअनुसार गर्ने काम सकेका छौं। हतियार कसरी त्यहाँ भेटियो भन्ने विषयमा अनुसन्धान अघि बढेको छ।”
डीएसपी कोइरालाले आवश्यक सोधपुछका लागि चितवन मेडिकल कलेजका चारजना सुरक्षागार्डलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
चितवन प्रहरीका अनुसार अमेरिकन पेस्तोल, त्यसको एक थान म्यागेजिन, दुई थान गोली, थ्री नट थ्री राइफलको खोका एक थान, एसएलआर राइफलको खोका ६ थान र थ्री नट थ्री राइफलको गोली एक थान फेला परेको छ।
मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थी आन्दोलनमा छन्।
विद्यार्थीले अभिभावकसहितको सहभागितामा भोलि, ८ मंसीरमा बृहत् आमसभाको तयारी गरिरहेकै बेला चितवन मेडिकल कलेजमा हतियार फेला परेको प्रहरीले जनाएकाे हाे।
उक्त कलेजमा अध्ययनरत विद्यार्थीद्वारा गठित समितिले मेडिकल कलेजले उठाइरहेको गैरकानुनी शुल्कको विरोध गरिरहेको छ।
भोलि देशैभरका चिकित्सा शास्त्रका विद्यार्थी चितवनमा सहभागी भएर आन्दोलन गर्ने तयारी गरेका थिए।
आन्दोलनरत विद्यार्थीले हतियार कलेज प्रशासनको मिलेमतोमा राखेर भोलिको विद्यार्थी वृहत् सभालाई निस्तेज पार्न खोजिएको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्